बाजुरा– स्थानिय तह निर्वाचनको तिथी नजिकिदै जाँदा जिल्ला प्रशासन कार्यालय बाजुराले मदिरा जन्य बस्तु बिक्रिी बितरण तथा सेवन नगर्न भनी बिज्ञप्ती जारी गरे पछि स्थानिय स्तरका महिलाहरु पनि मधिरा नियन्त्रणमा सक्रिय देखिएका छन । यसै बिच जिल्लाको जगन्नाथ र स्वामिकार्तिक खापर गाँउपालिकाका महिलाहरुले पनि बुधबार जगन्नाथ रस्वामिकार्तिक खापर गाँउपालिकाकी दलित शसक्तीकरण महिला समुहले १८० लिटर घरेलु मधिरा बरामत गरेर नष्ठ गरेको हो ।
त्यस्तै गाँउपालिकाका बिभिन्न टोलहरुमा महिलाहरुले स्वामिकार्तिक खापर गाँउपालिका वडा नम्बर ६ गोत्रीमा १८० लिटर र तल्लो काब्डीमा १७० लिटर घरेलु मधिरा बरामद गरेर नष्ट गरेको हो । नेपाली कााग्रेस स्वामिकार्तिक खापर गाँउपालिकाका युवा नेता नरेन्द्र बिकको पहल तथा जगन्नाथ स्वामिकार्तिक खापर गाँउपालिका भित्रकी दलित महिला सशक्तीकरण समुहकोसक्रियतामा उक्त मधिरा बरामद गरी नष्ट गरिएको हो । स्थानिय मधिरा उत्पादन गर्नाले घरपरिवारमा झैझगडा हुने र समाजमा बिभिन्न बिकृतिहरुका घटनाहरु हुने गरेकोलेसो क्षत्रका राजनितिज्ञ र महिलाहरुले घरेलु मधिरा गरी नष्ट गर्ने अभियाँन चलाएका हुन ।
पहिलो पटक मधिराबरामद गरी नष्ट गर्ने, दोस्रो पटक मधिरा उत्पाादन गर्नेलाई रु १००० मधिरा सेवन गर्नेलाई रु ५०० जरिवाना तिराउने तेस्रोपटक मधिरा उत्पादन गर्नेर सेवन गर्ने दुबैलाई प्रहरी समक्ष कानुनी कार्वाहीका लागि पहल गर्ने स्वामिकार्तिक खापर गाँउपालिकाबाट नेपालीप् काँग्रेसका युवा नेता नरेन्द्र बिकले जानकारी दिनु भएको छ ।











