बाजुरा- जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका
नेपाली काङ्ग्रेस उम्मेद्बारी अध्यक्ष गोबिन्द बहादुर मल्लको विजय र्याली कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्कीले बताउनु भएको छ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल २०७४ सालको चुनावमा ३०० मत अन्तर अग्रता ल्याएको पालिकाको अध्यक्ष पदमा विजय भएको थिए । भने बैशाख ३० गते चुनावमा ११५ मत अन्तर अग्रता ल्याएर पुनः हिमाली गाउँपालिका अध्यक्ष पदमा आफू दोहोरोको मल्लले बताउनु भएको छ।
अध्यक्ष मल्लले नेपाली काङ्ग्रेस पाटी बाट सबै उम्मेद्बारी बधाई तथा कार्यकालको शुभकामना दिदै वडा न.१ को अध्यक्ष पदमा उम्मेद्बारी जोख बहादुर भण्डारी, वडा न.३ को अध्यक्ष पदमा उम्मेद्बारी मंगल बुढा, वडा न.४ का अध्यक्ष पदका उम्मेद्बारी भिमानन्द पाण्डे, वडा न.५ का अध्यक्ष पदका उम्मेद्बारी प्रदिप बुढा, वडा न.७ का अध्यक्ष पदका उम्मेद्बारी तपेन्द्र शाही सहिद नव निर्वाचित विजय टिमलाई जितको शुभकामना दिनु भएको छ।
उम्मेद्बारी हरुलाइ स्थानीय बजार परिक्रम गराइ नेपाली काङ्ग्रेसको पाटी कार्यालयमा कोट सभा गराएको हिमाली गाउँ कार्यसमिति सचीव बिष्णु भक्त रावतले बताउनु भएको छ।











