बाजुरा- बाजुराको हिमाली गाउँपालिका वडा न.६ को पाँडी गाउँमा रहेको पाँडी आधारभुत स्वास्थ इकाई केन्द्रमा कार्यरत स्वास्थ कर्मचारी नहुदा बिरामीलाई उपचार गर्ने समस्या भएको स्थानीय बासिन्दाले बताएका छन।
हिमाली गाउँपालिकाले माग महिनाको पहिलो हप्तामा पाँडी गाउँमा कार्यरत अ.न.मी. सहित स्वास्थ औषध तथा कार्यालय प्रयोजनका लागि चाहिने भौतिक सामाग्री हरु
लगायत स्वास्थ कर्मचारी खाटएको थियोे ।
त्याहाका स्थानीय बासिन्दा अब औषधिसमेत बिरामी भएका मान्छे हरुलाइ उपचारका लागि घरको दैलोमा स्वास्थ सेवामुलक रुपमा रहेने हुँदा निकै खुशी भैरहेका थियो । बिगत २ महिना देखि कार्यरत खटाएको कर्मचारी पाँडी आधारभुत स्वास्थ इकाई केन्द्रमा नहुदा बिरामी भएको मान्छेलाई औसधि उपचार गर्नेको लागी निकै जटिल अप्ठ्यारो अबस्थामा परेको स्थानीय गोर बहादुर रोकायाले बताउनु भएको छ।
अहिले गाउँमा रहेको स्वास्थ केन्द्र २ महिनासम्म पनि पालिकाले पठाएको कार्यरत स्वास्थ कर्मचारी नहुदा औसधिवितरण गाउँमा रहेका सर्वसाधारण व्याक्तिले स्वास्थ खुलाएर बिरामीलाई औसधि बिरामी मान्छेहरुलाइ दिने गरेको पाइन्छ।
गाउँमा स्थापना रहेको स्वास्थ सेवा बीचमा आधारभुत स्वास्थ इकाई केन्द्र सन्चालनमा नहुदा अहिले बिरामी
भएका मान्छेहरुलाइ घर बाट ४ घन्टाको पैदलमार्ग गरेर बुढिनन्दा नगरपालिका रहेको कोल्टी प्राथमिक स्वास्थ सेवामा बिरामीलाई उपचार गर्नेको लागि मान्छेले पिठ्युँमा बोकेर वा घोडचढाइ स्वास्थ सेवामा पुर्यार औसधि उपचार गर्ने गरेको स्थानीय नरजित रावलले बताउनु भएको छ।
रावलको भनाइ छ। आफू बिरामी हुँदा पनि उपचार गर्नेको लागि घोडचढी घरको दैलो बाट ४ घन्टाको पैदल भएर कोल्टीमा आएर औसधि उपचार गरेको थिए । उपचार गर्ने जादा आफुलाइ टाइफाइड रोग संकेत देखाउदा १ हप्ता सम्म बजारमा बसेर उपचार गरेर घर फर्किएको थिए । तर यदि गाउँमा रहेको आधारभुट स्वास्थ इकाई केन्द्रमा बन्दा अबस्थामा नभएको भए गाउँ सहजरूपमा गाउँमा उपचार गरिने अबस्थामा गरिने र आफ्नते धेरै दुख र पैसा खर्च गर्नुपर्ने अवस्था थिएन। गाउँमै स्वास्थ हुँदा पनि जटिल समस्या भोग्नुपरेको रावलले बताउनु भएको छ।
चेत महिना अन्तिम देखि अहिलेसम्म स्वास्थ केन्द्रमा पालिका बाट खटिएको कार्यरत स्वास्थ कर्मचारी नहुदा गाउँमा भएको सामान्य जरो आउने टाउको दुख्ने खोकी लाग्ने पखाला चल्ने जस्ता रोगी हरुलाइ औसधि उपचार गर्ने जटिल समस्यामा अल्झाउनु पर्ने बाध्यता भोग्नुपरेको स्थानीय रगुलाल भण्डारीले बताउनु भएको छ।











