धनगढी ः गेटा मेडिकल कलेजको अस्पताल निर्देशकमा जोशी, प्रतिष्ठानको मोडालिटीमा सञ्चालन हुने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ ।
जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो । उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो ।
जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामोसमयसम्म काम गरेका थिए। सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ ।
अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ ।
ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो ।











