काठमाडौ- नेपाल विद्यार्थी संघले बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रिय कार्यालय संग समन्वय भएको छ। भाडामा बस्ने दुर्गम पिछडिएका क्षेत्र र दलित समुदायका विद्यार्थीहरुलाई चुलाे वितरण गरिने पहल गरिएको छ।
महानिर्देशक, निर्देशक र विभागीय प्रमुख का बिचमा काठमाडौं मा अध्ययन गर्ने भाडामा बस्ने विद्यार्थीहरु लाई निशुल्क रुपमा विद्युतीय चुलाेकाे वितरणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा सघन छलफल भएकाे छ। छलफल मा हामीले सम्पुर्ण विद्यार्थी काे पहुँचमा विद्युतीय चुलाे वितरण गर्न सुझाव दिएका छ। भने महानिर्देशक मधुसूदन अधिकारीले अभियानका रुपमा यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे।

दुबै पक्षबिचकाे छलफल पछिकाे निष्कर्ष ले याे असार मसान्तसम्म, केन्द्र ले पहिलाे चरण मा निवेदन माग गरेका काठमाडौ अध्ययन गर्न आएका छ्न। भने उक्त दुर्गम पिछडिएका क्षेत्र र दलित समुदायका विद्यार्थीहरुलाई सात हजार काे मात्रामा खरिद गरिने भएकाे छ ।
चुलाे वितरण आर्थिक वर्षको २०७९/०८० नीति तथा कार्यक्रम अनुसार भित्र राजधानीमा अध्ययन गर्न बाहिर बाट आएका सम्पुर्ण विद्यार्थीहरुलाई वितरण गर्ने पहल गरेको छ। तेर्साे चरणमा राजधानी बाहिरका विद्यार्थीहरु लाई वितरण गर्ने पहल विषेश रहेको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रिय कार्यालय महानिर्देशक मुकुन्द घिमिरेले बताउनु भएको छ।
उक्त महत्त्वपूर्ण भेटघाट विषय छलफलमा हामीले प्रधानमन्त्री, उर्जा मन्त्री र अर्थमन्त्री लाई भेटेर विद्युतीय चुलाे सबै विद्यार्थी काे पहुँचमा पुर्याउन नेपाल सरकार संग बजेट छुटाउन पहल गरिएको नेपाल विद्यार्थी संघ नेता दिनेश शाहीले बताउनु भएको छ।











