गजल– महंगी (सुरेश कुमार पाण्डे)
अब त दुनियांलाई पनि खबर हुनैपर्छ ।
स्वतन्त्र रहेको देश लाई कदर हुनैपछ ।।
साम्राज्यवादीको त मनपरी हुँनलाग्यो ।
लगाम लगाउ उसलाई नी डर हुनैपर्छ ।।
देउ अब त युवालाई रोजगार स्वदेशमै ।
नागरिकको नाममा जग्गा घर हुनै पर्छ ।।
भ्रष्टचार महंगिमा लगाम लगाएर सधै ।
सरकारले शुरक्षागर्ने पनि कर हुनैपर्छ ।।
दुनियां हेर कहाँ बाट कहाँ पुगीसक्यो ।
हाम्रो देश पनि त आत्मनिर्भर हुनैपर्छ ।।
यो दुनियांको हावा पानी खोस्नेहरू नी ।
खबरदार गरौं त्योपनी थर थर हुनै पर्छ ।।