
बाजुरा—जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका र बडीमालिका नगरपासलिकाका कर्मचरीहरुलाई हेरफेर गरिएको छ । आर्थिक बर्षको अन्त्यमा बडीमालिका नगरपालिकाका करारमा रहेका १ सय २० कर्मचारीको नविकरण थप गरेको छ भने केही कर्मचारीहरुको म्याद थप भने गरिएको छैन । स्थानिय तह निर्वाचन पश्चात कर्मचारी हेरफेरमा राजनितिकरण भएको छ ।
आर्थिक बर्ष २०७९ साउन १ देखि लागू हुने गरी बडिमालिका नगरपालीकाको कार्यालय र विभिन्न वडाका सबै कार्यरत कर्मचारीको करार अवधि ३ महिना थप गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिकामा पनि करार कर्मचारीहरुको हेरफेर भएको छ । केही कर्मचारीहरुको करार अवधी थप गरिएको छ भने केही कर्मचरीहरुको करार थप भने गरिएको छैन । देशभरका कतिपय स्थानीय तहमा विगतका वर्षदेखि करार कर्मचारीको म्याद नथपेको भन्दै आन्दोलीत भएका भएका छन । त्यस्तै बाजुरा जिल्लामा पनि स्थानिय तहमा कर्मचरी हेरफेर हुँदा करार अवधी नविकरण नभएका कर्मचारीहरुले भने आफुहरु माथी राजनितिकरण गरेको आरोप लगाएका छन् ।











