
बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा कार्यालय रहने गरी दर्ता भएको दलित महिला सशक्तिकरण संस्थाको सोमबार बिधिवत रुपमा उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस बाजुराका नि वर्तमान सभापति कविराज पण्डित प्रमुख अतिथी रहनु भएको थियो ।

बडीमलिका नगरपालिका वडा नंं ९ मा कार्यालय स्थापना गरी बिधिवतरुपमा कार्यलयको उद्घाटन भएको हो । संस्थाका अध्यक्ष धन बहादुर सार्कीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमको स्वागत मन्तब्य संस्थाका कार्यालय प्रमुख नरेन्द्र वि.क.ले गर्नु भएको थियो । ब्यानेर अनावरण गरी प्रमुख अतिथीबाट कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेस जिल्ला कार्यसमिति नि वर्तमान सभापति कविराज पण्डितले समाजमा जरो गाडेर बसेका कुरिति, बिसंगती र कु संस्कारलाई यस संस्थाले जरा उखेल्ने कुरामा आफु बिश्वस्त रहेको बताउनु भएको छ । जिल्लाका नौ वटै पालिकामा काम गर्ने गरी स्थापना भएको यस संस्थाको शाखा कार्यालय बुढीनन्दा नगरपालिकाको कोल्टीमा समेत स्थापना गरिएको छ ।











