बाजुरा ३ साउन चिरञ्जिबी खड्का \ कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले २०७८÷८९ बाजुरामा अहिलेसम्म गरेका क्रियाकलापहरुको वार्षिक रुपमा प्रगति विवरण सार्वजनिक गर्दै वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरिप्रशाद पनेरूको अध्यक्षतामा सन्चालन भएको वार्षिक समिक्षा गोष्ठीमा प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी नगर उपप्रमुख नन्दा थापा प्रहरी नायब उपरीक्षक सुर्य बहादुर थापा रहेका थिए भने उक्त कार्यक्रमको स्वगत मन्तब्य अमर बहादुर बिष्टले गरेका थिए ।

कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक समिक्षा गोष्ठीमा कार्यालय प्रमुख पनेरुले बाजुरामा कृषि ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरेका क्रियाकलापहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठीमा जिल्लास्थित ४७ बढी सरोकारवाला निकायको सहभागिता रहेको थियो ।











