धनगढीः बैतडीमा नागरिकतामा केरमेट गरेर पनि सामाजिक सुरक्षा भत्ता लिएको पाइएको छ । जिल्लामा ७ जनाले आफ्नो जन्ममिति बढाएर भत्ता बुझेको पाइएको हो ।
दशरथचन्द नगरपालिकामा ७ जनाले यसरी वृद्धभत्ता लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि अनुसन्धान गर्दा वृद्धभत्ता लिने गरेको पाइएको हो ।
बैतडीमा जन्मतिति बढाएर वृद्धभत्ता लिनेको संख्या २२ पुगेको छ । जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारबाही हुने कानुनी व्यवस्था छ । तर अहिलेसम्म जन्ममिती सच्याउने कोहो भन्ने खुलाइएको छैन ।











