
बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका वडा न . ९ सेलागाडामा गएराती आएको अबिर बर्षाका कारण बाढीले क्षेती पुर्याएको छ । सेलागाडाको पावर हाउस नजिकै बिउरा खोलामा बाढी आएपछि स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षेती गरेको छ भने त्यहाँका अन्य स्थानीयको घरहरूमा समेत क्षेती पुर्याएको छ ।माथिबाट खोला संगै बाढी आएपछि कुखुरा फर्ममा जम्मा १८० कुखुरा रहेका थिए । जसमध्य बाढीले कुखुरा फर्म छापेपछी १५० कुखुरा मरेका छन् ।

स्थानीय चन्दे थापा,अंग थापा,दिपक बिष्टका घरहरू उच्च जोखिममा परेको स्थानीय महन थापाले जानकारी दिए । बाढी आएको थाहा पाएपछि स्थानीयले ती घरका मानिसहरुको राती नै उद्धार गरेको उनले बताए । राती साडे बार बजे तिर सो खोलामा बाढी आएको थियो । बाढीले सो ठाउँका स्थानीयको खेतियोग्य जमिन समेत बगाएको छ ।खेतीयोग्य जमिनलाई गयराती आएको बाढीले बगरमा परिणत गरिदिएको छ ।

करिव १०० बोरा अन्न उत्पादन हुने खेतीयोग्य जमिनमा क्षेती पुर्याएको छ । सो खोलामा आएको बाढेले साफे मार्तडी सडक खण्ड समेत अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट हिडेका यात्रीबाहक जिपहरु थप्प बनेका छन् । मानिसहरुलाई आवतजावत समेत सास्ती भएको छ ।

भौतिक रुपमा ठूलो क्षेती भएपनि स्थानीयको सक्रियतामा राती नि उद्धार गरिएपछि मानवीय क्षती भने हुन नसकेको वडा न . ९ नेपाली कांग्रेस सभापति मिन बहादुर थापाले बताएका छन् । क्षेती पुराएको घरमा रहेका पशु चौपाया, र मानिसहरुको सकुशल उद्धार गरिको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट भरखरै जानकारी प्राप्त भएको घटनास्थलमा प्रहरीको टोली खटाएको प्रहरी प्रमुख सुर्य बहादुर थापाले बताएका छन् ।











