युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
102 पटक पढिएको

सिट बाँडफाँट गर्न गठबन्धनमा कार्यदल, धरातल हेरेर दाबी गर्न कांग्रेसको आग्रह

काठमाडौं– सत्ता गठबन्धनले साउनभित्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको खाका तयार गर्न कार्यदल गठन गरेको छ। बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलसहित सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा कार्यदलका सदस्य तोकिएका छन्। माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनलाई राखिएको छ । नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल छन्। जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सरकारले बिहीबारमात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्। गठबन्धनभित्रै पनि सबै सिटमा गठबन्धन गरेर जाने नजाने भन्नेबारे सहमति भइसकेको छैन ।

सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ। सिट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा हुन्छ। जुन स्थानमा जसको माहोल राम्रो छ उसैलाई टिकट दिनुपर्छ।’ पौडेल भन्छन् ।

पौडेलले पाँचदलीय गठबन्धनभित्र वाम गठबन्धनको अर्थ नभएको बताए । उनले भने, ‘गठबन्धनभित्रको वाम गठबन्धन केको लागि हो ? त्यस्तो गठबन्धनको औचित्य छैन । वाम मोर्चा के को लागि ? कांग्रेससँग लड्ने कि ओलीजीसँग लड्नको लागि ? अहिलेसम्मको सहमति अनुसार पाँच दलको गठबन्धन मात्र हा् । अरू मलाई थाहा छैन ।’

धरातल हेरेर दाबी गर्न पनि नेता पौडेल बताउँछन् । ‘कांग्रेसले मात्र जित्न सक्ने सिट एक सय छ। ती ठाउँमा अन्य दलका साथीहरूलाई उठाउन मिल्दैन। अहिलेको चुनाव परिणाममा केन्द्रित हुन्छ ।’ नेता पौडेलले भने ।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका अर्का एक कांग्रेसले एक सय सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने गठबन्धनभित्रको तयारी छ ।

गठबन्धनभित्रकै प्रमुख दल नेपाली कांग्रेसको टिकट बाँडफाँटका लागि केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ। पार्टीको केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुन्छन्। यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुन्छन् ।

संसदीय समिति गठन गर्दा सभापतिले केन्द्रीय सदस्यमध्येबाट ११ जनालाई सदस्यका रूपमा प्रस्ताव गर्छन् । विधानअनुसार संसदीय दलको नेता संसदीय समितिको पदेन सदस्य हुन्छ । कांग्रेसले गत वैशाख ११ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट केन्द्रीय संसदीय समिति गठन गरेको थियो। टिकट वितरणका लागि संसदीय कार्यसम्पादन समिति गठन गरेको थियो । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ जना सह–महामन्त्री र वरिष्ठ नेता पौडेल पर्दछन् ।
अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!