बाजुराः श्रावण २८ गते अन्तराष्ट्रिय युवा दिबसको अवसरमा नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापति कविराज पण्डितले आफु सधै युवाको साथमा रहेको बताउनु भएको छ । बडिमालिका युनेस्को बाजुराद्धारा २२ औँ अन्तर्राष्ट्रिय युवा दिवस तथा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको रोयल होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया कार्यक्रम विच दिवस मनाईएको बडिमालिका युनेस्को बाजुराका अध्यक्ष कृष्ण कार्कीले बताएका छन् ।
परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य हुन । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्ने भनेकै युवाहरु हुन भन्ने विषयमा अन्तरक्रिया दिदै दिवस मनाईएको हो ।
बडिमालिका युनेस्को आयोजना तथा युएनएफपिए र फिएन नेपालको अर्थिक सहयोगमा अन्तराष्ट्रिय युवा दिवस तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । बडिमालिका युनेस्को बाजुराका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती नेपाली काँग्रेस बाजुराका पुर्वपाटी सभापती कविराज पण्डित रहनु भएको थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अथिती राष्ट्रिय भुमी आयोग बाजुराका अध्यक्ष जनक रोकाया, राष्ट्रिय महासंघ बाजुराका अध्यक्ष मदन जैशी अथिती रहेका थिए । त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा , काँग्रेस वडा नम्मर ९ का वडा सभापती मिन थापा लगाएतको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन युनेस्को केन्द्रिय उपाध्यक्ष प्रशान्तराज जोशीले गुर्नभएको हो ।
अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाईन्छ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।