बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नंं ६ कोर्धमा मंगलबार देखि सूचारु भए पनि फोरजी सेवा सुचारु नभएको पुर्व वडा अध्यक्ष कला बडुवालले टिप्पणी गर्नु भएको छ । मंगलबारबाट वडा अध्यक्ष कृष्ण खड्काको पहलमा फोरजी सेवा संचालनमा आएको समाचार बिभिन्न संचार माद्यामबाट प्रकाशन तथा प्रसारण भए पनि भ्रमपुर्ण भएको बताएकी छन ।
वडा अध्यक्ष कृष्ण खड्काले नेपाल टेलिकम बाजुरासंग समन्वय गरी उक्त वडामा फोरजी सेवा नियमित सूचारु भएको समाचार प्राप्त भएको थियो । उक्त समाचारको खण्डन गर्दै पुर्व वडा अध्यक्ष बडुवालले समाचारको खण्डन गरेकी छन । बिगतका दिन जस्तै अग्लो ठाँउमा गए मात्र पुरानै अवस्था अनुसार मात्र फोरजी सेवा चल्ने तर वडा भित्रका सबै टोलमा बिगत जस्तै फोरजी नचलेको पुर्व वडा अध्यक्ष कला बडुवाल टिप्पणी गर्नु भएको छ ।
वडा नं. ५ को मनामा रहेको नेपाल टेलिकमको टावरमा फोरजी जडान गरी मंगलबार देखि वडा नं. ६ का सबै टोलहरुमा सहज रुपमा फोरजी सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले जानकारी दिनु भएको थियो । अध्यक्ष खड्काका अनुसार नेपाल टेलिकमको केन्द्रीय र क्षेत्रिय प्रसारण संग समन्वय गरीनियमित रुपमा पंगलबारबाट फोरजीसेवा सूचारु भएकोले अपवाद फैलाउन मात्र टिकाटिप्पणी गरेको बताउनु भएको छ ।