धनगढीः उद्योगपति, नेपाली काँग्रेसका नेता सांसद प्रतिनिधिसभामा पश्चिम नवलपरासीबाट नेपाली काँग्रेस उम्मेदवार विनोद चौधरी आज दिउँसो सुटुक्क लैनचौरस्थित भारतीय दूतावास छिरेका छन्।
उनी एमालेको समर्थनमा जनप्रगतिशील पार्टीबाट उठेका हृदयेश त्रिपाठीलाई कमजोर बनाएर आफ्नो बिजय सुनिश्चितता निम्ति नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सहयोग माग्दै दूतावास छिरेका हुन्। चौधरी ३ बजेको हाराहारीमा दूतावास पुगेको बताइन्छ।
उनले राजदूतसँग साँझ ६ बजेसम्म कुराकानी गरेको उनका प्रेस संयोजक मधुसुदन पौडेललाई उद्धृत गर्दै स्रोतले बतायो। उनी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दैछन्।
उता आजै नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रे सिंगापुर हुँदै काठमाडौं आएका छन्। उनको आगमन सर्लाही ४ बाट बागी उठेका अमरेशकुमार सिंहको पक्षमा मधेसी नेताहरूलाई फकाउनतर्फ केन्द्रित रहेको आम अनुमान छ। जनआस्था











