राम बहादुर दानी – बाजुरामा पछिल्लो २४ घण्टामा शनिबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनी बिगत लामो समय देखी दमको बिरामी रहेकी बताइएको छ । शनिवार जगन्नाथ गाउँपालिकाको कोभिड अस्पतालमा निजको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ६ पुगेको छ ।
यसै क्रममा शनिबार बाजुरामा आज ४३ जनामा एन्टिजेन बिधीबाट कोरोना परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण भएको पनि स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
संक्रमण हुनेहरुमा शनिबार संक्रमित हुनेमा २० जना बुढिगंगा नगरपालिकाका, १ जना हिमाली गाउंपालिका र १ जना जगनाथ गाउपालिकाका रहेकएको छ ।