युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
132 पटक पढिएको

बाजुरा– जिल्लाको बडिमालिका नगरपालिकाले करार कर्मचारीको म्याद थप नगरी हटाएको छ । बिहिवार नगरपालिकामा बसेको १३ औं कार्यपालिकाको बैठकले म्याद थप गर्न नसक्ने भन्दै एक सूचना जारी गर्दै करार कर्मचारीको म्याद थप नगरिएको जानकारी गराएको हो ।

बैठकले नगरपालिकाको कार्यालय मातहतका वडा, कार्यालय,स्वास्थ चौकी सहरी स्वास्थ्य केन्द्रमा कार्यरत अन्य कर्मचारीको म्याद थप नगरी यहीँ पौष १ गतेबाट लागु हुने गरी म्याद थप नगरिएको नगरकार्य पालिकाको कार्यालयले जनाएको छ ।म्याद थप नगरिएका कर्मचारीहरुले जिन्सी तथा नगद कार्यालयमा बुझाउन समेत सूचना मार्फत आव्हान गरेको छ। साथै पेस्की लिएकाहरुले पनि यथासिघ्र फर्चौट गर्न सुचनामा भनिएको छ ।

कुन कुन कर्मचारीहरुको मात्रै म्याद थप गरियो हेर्नुस्

१. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कार्यालय कर्मचारी।
२. सूचना प्रबिधी अधिकृत।
३. पञ्जिकरण अन्तरगतको कर्मचारी।
४. युनिसेफ अन्तर्गतको कर्मचारी ।
५. साविकको गाउँ बिकास समितिको कार्यालयबाट समायोजन भैई आएका कर्मचारी।
६. कृषि प्रसार अधिकृत ।
७. २०७४ भन्दा अगाडि नियुक्त भएका कर्मचारी।

नगरपालिकाले गरेको यो निर्णयको भने यतिबेला चौतर्फी बिरोध भएको छ। नगरपालिकाले कार्यपालिकाको बैठक पछि सार्वजनिक गरेको सो निर्णयलाई धेरैजसोले सामाजिक संजालमा पोष्ट गर्दै नगरपालिका विरुद्ध विभिन्न टिकाटिप्पणी गरेको पाइएको छ । कर्मचारीको म्याद थप नगरी हटाउनुको पछाडि राजनीतिकरण गर्न खोजेको आरोप समेत कतिपयले लगाएका छन् । स्थानीय सरकारले नगरपालिकामा कार्यरत कर्मचारी हटाएर उनीहरुको रोजीरोटी खोसेको एक श्रोतले बताएको छ । फरक पार्टीको कर्मचारी भएकै कारण नगरपालिकाले करार कर्मचारीको म्याद थप नगरेर हटाएको श्रोतको दावी छ । यतिबेला जनताको जनमतबाट निर्वाचित जनप्रतिनिधि पार्टी केन्द्रित मात्र देखिएको भन्दै टिकाटिप्पणी समेत सुरु भएको छ । स्थानीय सरकारले रोजगारीको सिर्जना गर्नु अथवा स्वरोजगार बनाउनुको साटो उल्टै रोजिरोटी गरिरहेका कर्मचारी हटाएको भन्दै नगरपालिकाले गरेको सो निर्णयको युवाहरुले कडा बिरोध गरेका छन् । नगरपालिकाको एक आर्थिक बर्ष सकिन नपाउदै निर्वाचित जनप्रतिनिधिहरुले समय समयमा आलोचना खेप्दै आएको पाइएको छ ।

किन हटाइयो त कर्मचारी म्याद थप नहुनुको कारण के हो। यता यो बिषयमा नगरपालिकाका नगरप्रमुख अमर खड्कालाई सोध्दा नगरपालिकामा आर्थिक श्रोतको अभाव भएकाले कार्यपालिकाको बैठक बसी सवैको सर्वसहमतीमा म्याद थप नगरिएको बताएका छन् । आवश्यकता भन्दा वाहेकका कर्मचारीहरु पनि नगरपालिकामा कार्यरत रहेको हुँदा नगरपालिकामा आर्थिक भार भएकोले आर्थिक भार धान्न नसक्ने भएपछि अनावश्यक कर्मचारीहरुको म्याद थप नगरिएको बताए । कर्मचारी सामाजिक संजालमा बिरोध गर्नेहरूको काम नै बिरोध गर्ने भएकाले यसले आफुहरुलाई कुनै असर नपार्ने नगर प्रमुख खड्काले बताए ।

कर्मचारी हटाइएको बिषयलाई राजनीतिकरण गरेको भनेर आरोप लगाउनु अनुचित बिषय रहेको पनि प्रमुख खड्काको भनाई छ । उनले भने हामीले कुनै राजनीतिकरण गरेका छैनौं । कुनै एउटा संगठनको मात्र कर्मचारी हटाएका पनि छैनौं । कर्मचारी पार्टीको हुन्छन् भन्ने पनि त छैन । हामी संग आर्थिक अभाव छ धान्नै मुस्किल भैरहेको छ । यस्तो अनावश्यक आरोप लगाउन सुहाउँदैन फेरी अहिले नै कति कर्मचारी हटाउने भन्ने एकिन भैसकेको छैन पुनः आवश्यकता अनुसारका कर्मचारी राख्ने प्रयास छदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!