साहित्य समाज रुपान्त्ररणको ऐना हो , जुन कहिल्यै पछाडी पदैन साहित्यले मानव समाजको निमार्ण गर्दछ । समाजमा रहेका तिता,पिरा,घटनाको उत्थान संगै माया,प्रेम दुख संग पनि साहित्य अडिग रहेको पाइन्छ । साहित्यले मानवको बिचार सोच मा परिर्वतन ल्याउछ । लाग्छ यो नै साहित्य हो ।
केहि थोरै मुक्तकहरु
१. झान्याबेला य बिचारी मस्कि मस्कि बाइजापन ।
भोक लागला टन्न कोठार भरी खाइजापन ।
कति बस्ति हो माइत सौराइपन मान्दिन ,
झर्को मानि घरउडाको छाट्टाइ आइजापन ।।।
२.आँखा,गाँजल ओठ लिस्टिक लगाइकन आयाइ ।
मुकि हैन अक्कै गाँठ्या भगाइकन आयाइ ।
तु र मै लागी रोप्याको ,
मुयाको चिनो जगाइकन आयाई ।।।
३.राति राति फोन हर्न्या अच्याल का मरी हो ।
मु की माया गर्न्या अच्याल का मरी हो ।
जा गया पन मेरै बाटो कुरी बस्न्या ,
मेराइ भर पर्न्या अच्याल का मरी हो ।
४.बजारका तिर्कीमिर्की किनि तोइकनै ल्याइदिनु ।
छकाल छकाल चिया खानाकन चिनी तोइकनै ल्यायदिनु ।
चगरमुन्ट्या हालीकन खाल्ली रोटा ,
घट्टकै धुलोपन पिनि तोइकनै ल्याइदिनु ।।।।।।
५.पाथि पाथि पाउडर घस्ती भन्याको मान्दिन ।
जैका पायो उइकाइ दोकान पस्ति भन्याको मान्दिन ।
जति सम्झाया पन उसाइ कुडा,
आफु छ जिर्या खुर्सानी जस्ति भन्याको मान्दिन ।।
६.चट्ट सुहाउन्या तुमीकन साडी किन्दीउला।
फनफन घुम्न्या बजारभरी गाडी किन्दिउला।
चिसो भया य बिचारीय,
काम्लो छाडी राडी किन्दिउला।।
७.आध्दाई हड देखिन्या टाला लाउन्नि बिचाराउ ।
रातभर सैनाउडी एकुर छाउन्नि बिचाराउ ।
मु यति माया गर्न्या माइस छाड्याले ,
अक्का कसा मुया गर्न्या माइस पाउन्नी बिचाराउ ।।
८. छाडीकन गयापन निक्कै मान्दो छौ ।
नापइ पिडा दिया पन झिक्कै मान्दो छौ ।
हुनत खादात मस्तै खादो छिया,
तर जत्ति दियापन ठिक्कै मान्दो छौ ।
भनिन्छ र्सिजनालाई कुनै श्रेत्र र लिङगमा सिमित गर्नु हुदैन । यति हुँदा हुँदै पनि भन्नै पर्छ यो साहित्यलाई हामीले कहिल्यै छोड्नु हुदैन सदा सदा साहित्यलाई अगाँलेर अगाडी बढ्नुपर्छ । अवचेतन मनले खेल्ने मैदान प्राप्त गर्दछ , यदि खेल मैदानमा प्रतियोगिता गर्ने अवसर सृजना गरेमा हामी सधै सफल बन्नेछौ । अथाह भावना आकाशको बर्षा भनौ या सुन्दर नौरङगे साडीमा उनिएकी अप्सरा भनौ साहित्यको धेरै गुनगान रहेको छ । त्यसैले साहित्यलाई सधै शिरमा राखेर हिडौ सधै सफल बन्नेछौ ।