बाजुरा- जिल्लाका बिभिन्न भूभागमा मङ्गलबार बिहान देखी वर्षासंगै हिमपात भएको छ ।
पूर्वी उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बुढीनन्दा लगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ। भने अन्य बाकी पालीका हरुमा सामान्य बर्षा भएकाे छ ।
आइतवार मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ।