काठमाडौं = नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको बुलेटिनमा आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ।
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबार पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।











