नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन्।अर्थमन्त्रीसमेत रहेका महतले नेपाली कांग्रेसको पछिल्लो गतिविधि र पार्टीमा उत्पन्न परिस्थितबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसो भनेका हुन्।
‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन। म त्यस्तो देख्दिनँ।’
उनले नक्कली शरणार्थीका नाममा भएको ठगीको हकमा कोही निर्दोष नफसुन् र कोही दोषी नउम्किउन् भन्ने पक्षमा कांग्रेस रहेको पनि बताए।
महतले यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पासहितले अनुसन्धानमा सघाउने पनि बताएका छन्।
‘उहाँ (बालकृष्ण खाँण) ले अनुसन्धानमा सघाउनु हुन्छ। सघाइरहनु भएको छ। दोषी निर्दोष हुने, निर्दोष दोषी हुने कुरा ठीक होइन’, उनले भने, ‘हामी दोषीलाई बचाउनु पर्छ भनेर भन्दैनौँ।’
71 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs