बैतडीः बैतडीमा मलामी गएका एक व्यक्ति घाइते अवस्थामा फेला परेका छन्। पुर्चौडी नगरपालिका–८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद बेहोस भएको अवस्थामा भेटिएका हुन्।
साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए। बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए। साँझ घाइते साउदलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











