धनगढीः धनगढीमा रसायन तथा मेडिकल आपूर्ति संघ गठन भएको छ। आइतवार प्रशान्त सिंहको अध्यक्षता कैलाली जिल्ला रसायन तथा मेडिकल आपूर्ति संघ गठन भएको हो।
संघका केन्द्रीय महासचिव विनोदकुमार मानन्धर र केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संयोजक विजय खनालको उपस्थितिमा जिल्ला शाखा गठन भएको सचिव राम बोहराले बताए। संघको उपाध्यक्षमा दिपेन्द्र तिवारी, कोषाध्यक्ष हंश खड्का र सदस्यमा क्रमशः देवराज जोशी, महेश दाहाल र टेकराज जोशी चयन भएको बोहराले बताए।











