बाजुरा- बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा एक एक गरि दुई वटा कृषि एम्बुलेन्स संचालन हुने भएको छ ।
कृषकहरुले फलाएको अग्रानिक रैथाने वालीहरु बजारसम्म ढुवानि गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको हो।
कृषकहरुले फलाएको अग्रानिक उत्पादनहरु ढुवानीको व्यवस्था नहुँदा बारीमा कुहिएर खेर जाने समस्या भएको भन्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाललाई बाजुरामा कृषि एम्बुलेन्समा बजेट विनियोजन गर्न अनुरोध गरेका थिए।
सोहि कुरालाइ आत्मसाथ गर्देै मन्त्री भुसालले बाजुराको स्वामीकार्तिक र हिमालि गाउँपालिकालाई कृषि एम्बुलेन्स खरीदका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री शाहीको सचिवालयले जनाएको छ।
कृषि एम्वुलेन्सका लागि बजेट विनियोजन भएपछि गाउँपालिकाले उक्तनिर्णयलाई स्वागत गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए । अध्यक्ष मल्लका अनुसार हामीले गाउँपालिकाबाट स्थानिय कृषकलाई गाउँगाउँमा फलफुलका विरुवा रोप्न लगाएर फलाइसकेका छौ । अब कृषकले फलाएका सबै खालका कृषि जन्य पदार्थहरु सहजै बजार सम्म ढुवानि हुने भयो हाम्रा कृषकदाजु भाईलाइ निकै राहात पुग्ने छ।
त्यस्तै स्वामीकार्तिक खापार गाउँपालिकाका अध्यक्ष भरत रोकायाले भने, प्रदेश अर्थ मन्त्रीज्यूले यहाँका समस्या विस्तारै समाधान गर्न लाग्नु भएको छ हाम्रो गाउँपालीकामा तमाम स्याउ उत्पादन हुन्छ । हामीले गाउँपालिकाबाट स्याउ तथा फलफुलका बोट विरुवा वितरण गरेका छौ । कृषकले स्याउ लगाएत फलफूलहरु तमाम फलाएका छन ।
हरेक वर्ष फलफुल बोटमै कुहिन्थ्यो । यो पटकबाट हाम्रा कृषिले फलाएका अग्रानिक रैथाने वालीहरु एम्वुलेन्सबाट फलफुल तथा कृषि जन्य पदार्थ बजारीकरण गर्न निक्कै सहयोग पुग्ने छ।