राजेन्द्र बिक,बाजुरा= बाजुरामा पशुपालक किसानलाइ व्यावसायिक बनाउन बाख्रा वितरण गरिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा द्वारा शुक्रवार बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा बाख्रा वितरण गरिएका हुन्। भेटेनरि अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७९,०८०को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा ब्लक तथा दलित टोल बाख्रा पालन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई बाख्रा वितरण गरिएकोएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका अधिकृत सिद्धराज जैशिले बताउनु भयो।
किसानलाइ व्यावसायिक बाख्रा पालनमा आकर्षित गराइ प्रोत्साहित गराउन बडिमालिका ५ का १ सय ५० जनालाइ प्रतिब्यक्ती एक का दरले उन्नत जातका ३ ओटा बोका सहित १सय ५०बाख्रा वितरण गरिएको पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्राबिधिक जगत थापाले बताउनु भयो। बाख्रा उपलब्ध भएपछी किसानहरू निकै उत्साहित भएका छन्।व्यावसायिक बाख्रा पालन व्यबसायमा लाग्न आफुहरुलाइ सहयोग प्राप्त भएकोले अब आफुहरु व्यवसायिक रुपले नै बाख्रा पालनमा लाग्ने किसानहरुको भनाइ रहेको छ।











