काठमाडौं= राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसईई परीक्षाको नतिजाका लागि अन्तिम तयारी भइरहेको जनाइएको छ। बोर्डले असार १८ गतेभित्र नतिजा निकाल्ने तयारी गरेको जनाएको हो।
विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकेर अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए। यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको उनले बताए।
सरकारले गत वर्षको एसईई नतिजामा नै लागू गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो। निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत ९नन ग्रेडेड० लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ। २०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए।











