बाजुरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले अव बाजुरामा पनी घण्टी बज्ने बताएका छन् । नारी टेलिभिजन सुभारम्भ कार्यक्रममा बोल्दै सभापती लामिछानेले यस्तो बताएका हुन । उनले व्याङज्ञात्मक तरिकाले बोल्दै राजनीति उदेश्य लिएर अर्को पटक बाजुरा आउने बताउदै यता कता बाजुरामा घण्टी बज्ने समेत भन्नुभयो ।
नेपाल सरकारका निवर्तमान गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले बाजुरेली जनताले फरक विकल्प खोजिरहेका बेला अब बाजुरामा घण्टी बज्ने बताउनु भयो । नारी टेलिभिजन उद्घघाटन गर्न बाजुरा पुगेका लामिछानेले आफू नितान्त रूपमा आफ्नी अधाीङ्गनीलाई सघाउनका लागि बाजुरा आएको बताएका हुन् । नारी टेलिभिजनले बाजुराका दुर दराजका पीडित महिलाहरुको आवाज बोल्ने उनले दावी गरेका छन् ।
दुर्गम जिल्ला बाजुराका महिलाका आवाजहरुलाई सम्बन्धित निकायमा पुर्याउने र समस्या समाधान गर्ने उदेश्यले नै नारी टिभिको सुभारम्भ बाजुरामा पनि गरिएको उनको भनाई थियो । देशभर संगठन बिस्तारका क्रममा रहेका लामिछानेलाई बाजुरा पनि सोही उदेश्यले आएको हुन सक्ने कतिपयको बुझाई थियो । सभापती लामिछाने भन्छन् अहिले भने राजनीति बिषयलाई लिएर म केहि बोल्न चाहान्न ।
जुनसुकै राजनीति दलको व्यक्ति भएपनि राजनीति आस्था भन्दा माथी उठेर जनताको पक्षधर भएर काम गर्ने नेतृत्व बाजुरालाई चाहिएको बताएका छन् । परिवर्तनका लागि बाजुरेली समस्या समाधानका लागि राजनीति आस्थाबाट माथी उठ्नुको अर्को विकल्प नरहेको प्रष्ट पारेका छन् ।
सम्भावना नै सम्भावना भएको बाजुरा जिल्लामा भएका चुनौतीलाई पार गरेर बाजुराको बिकास र बाजुरेली जनताको निकास, पिछडिएको बाजुराका दुरदराजका बस्तीका बिकराल समस्याहरु समाधान गर्न सक्ने नेतृत्व बाजुराले खोजिरहेको उनले बताएका छन् । बाजुराबाट शुभारम्भ हुन लागेको नारी टेलिभिजनको सफलताको शुभकामना समेत दिदै लामिछानेले बिहान् खाए बेलुका के खाने भन्ने बर्गका महिलाहरुको आवाज बोल्नेछ भन्ने कुरामा बिश्वस्त रहेको बिश्वास व्यक्त गरेका छन् ।
अवका दिनमा बाजुराले बाजुराका आवाज संसदमा बोल्ने प्रतिनिधि चुनोस । बाजुराका आवाजबिहिन जनताको आवाजलाई संसदमा बुलन्द गर्ने नेतृत्व चयन गरोस् । बाजुरालाई यस्तो नेतृत्वको आवस्यक रहेको मैले महसुस गरेको छु । बाजुराका दुखी पीडित महिलाको बिपन्न बर्गको,पिछडिएका बर्गको पिडालाई बोल्ने नेतृत्व बाजुराले चुन्न सकोस् ।। नारि टेलिभिजनको शुभारम्भ बुढीगंगा नगरपालिकाकी ८४ वर्षिया नन्दा साउँदबाट गरिएको थियो ।
टेलिभिजनको शुभारम्भ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया कुँवर, १० का वडा अध्यक्ष दलबहादुर साउँद, नारी टेलिभिजनकी अध्यक्ष निकिता पौडेल लामिछाने लगायत अतिथि रहेका थिए ।टेलिभिजनको प्रसारण शुभारम्भ संगै बुढिगंगा नगरपालिका १० एचआईभि संक्रमित महिला र वडाका एकल महिलालाई खाद्यन्न सहयोग समेत गरिएको थियो ।