बाजुरा -नेपाली काँग्रेसको आन्तरिक विशेष अभियान बाजुरामा आजबाट सकिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशनमा जिल्लाका ९ वटै पालिकामा संचालन गरेको आन्तरिक विशेष अभियान आजबाट सकिने भनेको छ ।
पार्टीको आन्तरिक सुदृढीकरण तथा शुद्धिकरण र प्रत्येक पालिकामा गएर जनताका गुनासा सुन्ने र सुझाव संकलनका लागि संचालन गरेको दश दिने आन्तरिक विशेष अभियान बुधबार(आज) बुढीनन्दा नगरपालिकाबाट सकिने भएको नेपाली काँग्रेस बाजुराले बताएको छ
साउन २३ गतेबाट बडीमालिका नगरपालिकाबाट सुरु भएको अभियान बुढीनन्दा नगरपालिकामा आएर सकिएको काँग्रेसले जनाएको छ ।
आन्तरिक विशेष अभियानमा नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डे,केन्द्रीय सदस्य तथा जिल्ला प्रतिनिधी नृपबहादुर वड,नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावल,काँग्रेस नेता चक्रबहादुर शाह,पार्टी उप सभापति पदम बडुवाल,सचिव तिलकराज पुरी,पुर्व पार्टी सचिव दीपक विक्रम शाह लगायत नेता तथा कार्यकर्ता अभिायनमा सहभागी छन् ।
जिल्लाका ९ पालिकामा अभियान संचालन गरेर जन गुनासा र सुझाव संकलन गरिएको भएपनि गौमुल गाउँपालिकामा आन्तरिक समस्या र भाैगाेलिक अवस्थाका कारण अभियान संचालन हुन सकेको छैन ।
साउन २७ गते गर्ने भनिएको कार्यक्रम गौमुल गाउँपालिकामाआन्तरिक समस्या र भाैगाेलिक अवस्थाका कारण अभियानको कार्यक्रम हुन नसकेको बताइएको छ ।