युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
237 पटक पढिएको

धनगढी–धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन्।

मृतक चौधरीका भाइ नाता पर्ने विष्णुप्रसाद चौधरीका अनुसार ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा डाक्टरले दुबै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए। अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए। चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो। शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए।

शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको बताएको विष्णुप्रसादले बताए। बिरामीको स्वास्थ्यमा देखिएको समस्याका बारे अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन्। मृतक चौधरीको छोरी सुस्मा दहितले आफ्ना बुवाको साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मृगौला झिकिएको बताइन्। ‘डाक्टरले पथ्यरी निकाल्दाभित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भयो।

तसर्थ बिरामीलाई बचाउन मृगौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’ उनले भनिन्, ‘दोस्रो शल्यक्रिया गरेर मृगौला झिकेपछि बुवा होसमा नै आउनु भएन। अस्पतालको लापरबाहीले बुवाको ज्यान गएको हो।’ अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन्।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मृगौलाको पत्थरी झिक्ने क्रममा किड्नीको नसा काट्न पुग्दा अत्याधिक रक्तश्राव भएको र त्यसपछि मृगौला झिक्न अर्को शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको हो। दोस्रो शल्यक्रिया पश्चात् बिरामीको अवस्था थप नाजुक भएपछि डाक्टरले अब सकिँदैन भनेर भनेको आफन्तले बताएका छन्।

मृतकको छोरी सुस्मा दहितका अनुसार पहिलो शल्यक्रिया गर्नुपूर्व बिरामीको शरीरमा ६ प्वाइन्ट रगत रहेकोमा शल्यक्रिया पश्चात् घटेर दोस्रो शल्यक्रिया गर्न लैजाँदा दुई प्वाइन्ट मात्रै रगत रहेको डाक्टरले बताएका थिए। शनिबार रातभर रेडक्रसको रक्तसञ्चार केन्द्रबाट २३ प्रिन्ट रगत चढाइएको थियो। डाक्टरले शल्यक्रियासफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको मृतकका सम्धी पुनाराम चौधरीले बताए।

उनले भने, ‘गल्तीको सजाय अस्पताल र डाक्टरले पाउनुपर्ने हुन्छ। अस्पताल खुल्दाखुल्दै बदमासी गरिएको छ। मान्छेको ज्यानमाथि गरिएको खेलबाड क्षम्य हुनुहुन्न।’ ऐजनलालको मृत्युु भएको विषयमा अस्पतालसँग कुराकानी गर्न खोज्दा अध्यक्ष महेश जोशीले एकछिनपछि फोन गर्ने भन्दै औपचारिक जानकारी दिन मानेनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!