बाजुराः सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहलाई नेपाली काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाएको छ।मानव बिकाश सुचकांङका आधारमा नेपालकै ७७ औं स्थानमा पर्ने सुदुरपश्चिम् प्रदेशको विकट बाजुरा जिल्ला प्राकृति र स्रोतसाधनको सम्पन्न भए पनि त्यसको बिकासका लागी राज्यको तर्फबाट खासै चासो नरहेको भन्दै कांग्रेस बाजुराका नेता कार्यकर्ताहरुले मुख्यमन्त्रि शाह समक्ष ज्ञापनपत्र बुझाएका छन । धार्मिक र ऐतिहासिक स्थान संरक्षण प्रबर्द्धन तथा सदुपयोग गर्न सक्ने स्थानीय स्तरमा जनताको जीविकोपार्जन र आयमा सहजता ल्याउने र सरकारको सेवा प्रदायक निकायहरू स्थापना र पुनःस्थापन गरेमा बाजुरेली जनताले दुख र झन्झट बाट मुक्त पाउने थिए उक्त पत्रमा भनिएको छ ।
बाजुरा जिल्लाका धार्मिक पर्यटन बिकास गरे स्थानीय श्रमशक्तिले विदेश पलायन हुनुपर्ने थिएन। जसका लागि शक्ति पिठ बडिमालिका बुढिनन्दा क्षेत्र लाई पर्यटकीय क्षेत्र घोषणा गर्न पुर्वाधारका लागि बडिमालिका बुढिनन्दा क्षेत्र बिकास समिति गठन सुरु गर्न माग मागेका छन। नेपालीको सविधान २०७२ को पृष्ठ भुमिमा नै जीवनका लागि पानी अनिवार्य अधिकार लेखिएको भएपनि बाजुराका अधिकास बस्तिहरु शुद्ध खानेपानी सेवाबाट बन्चित रहेका छन यसको तत्काल समाधान गर्न ज्ञापनपत्र मार्फत माग गरीएको छ ।
सबै सरकारी संरचनाहरु हुँदा हुँदै बाजुरा जिल्लाको सेवा दिने सेवा प्रदायक कार्यालय ल्याएको डोटीमा बाजुरेली जनताको अपेक्षा गरिएको छ। तर्सथ बाजुरा जिल्ला बाट सेवा दिने गरि खानेपानी सबडिभजन कार्यालय पुनःस्थापना गर्न माग समेत गरीएको छ । सघन सहरी विकास डोटी भौतिक पुर्वाधार साफेबगर र भुसंरक्षण कार्यालय डोटी रहेकाले बाजुरा बासीले कष्ट व्यहोर्नुपर्ने भएकोले उक्त कार्यालयहरु बाजुरा जिल्लामा स्थापना गरियोस् भनी जोडदार माग गरीएको छ पत्रमा भनिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद सुदुरपश्चिम् प्रदेश धनगढीमा सुदुरपश्चिम् प्रदेश मानवीय जुना दानी नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेश कार्यसमिति धनराज पण्डित नेपाली काङ्ग्रेस बाजुरा क्षेत्र ख का कार्यसमिति सभापति रङ बहादुर खाती,बाजुरा त्रिवणी नगर प्रमुख कर्ण बहादुर थापा, बडिमालिका पुजारी भानुभक्त पाध्याय, नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य भरत बुढा, नेपाली विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा, लगायतले मुख्यमन्त्री माननीय कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन।












