मिन बहादुर खड्का बाजुराः देउडा गायक तथा सर्जक राजेन्द्र रावतको ए हुलाकी दाईू नामक लोक दोहोरी गीत सार्वजनिक भएको छ । सोमबार बिनोद घिमिरे नामक युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर उनको आफ्नै रहेको छ भने स्वरमा साथ गायिका सिर्जना उखेडाले दिएकी छन्। रावतको आफ्नै लय शब्दमा रहेको गीतमा एरेन्ज एरेन्जर भुमिराज थापाको छ । गीतमा अभिनय पनि उनले आफैले गरेका छन् । यस्तै अभिनयमा सम्झना सापकोटा लगायत अन्यको छ ।
पुरानो दिनको स्मरण हुने वास्तविक चोखो र साँचो प्रेमलाई गीत मार्फत दर्शाउन खोजिएको छ । आज भन्दा केही वर्ष पहिलाको परिवेशलाई गीतको अभिनय, गीतको शब्द संकलन मार्फत प्रष्ट पार्न खोजिएको छ। । गायक रावतले भने, “ आज भन्दा केही समय पहिला जुन बेला नेट ईन्टरनेटको सुबिधा त टाढाको कुरा हो, फोन गर्न मोबाइल फोन समेत थिएनन् , त्यो बेला खबर आदानप्रदान गर्ने माध्यम एउटा मात्रै माध्यम चिट्ठी थियो, हुलाकी मार्फत चिट्ठी आदानप्रदान हुन्थ्यो, त्यो बेला सुबिधा थिएन तर प्रेम त हुन्थ्यो नी, धेरैलाई लाग्न सक्छ त्यो बेला प्रेम गर्नेहरू टाढा हुँदा के गर्दा हुन् रु भनेर, माया अहिले गर्ने र उहिले गर्ने त्यहीँ हो” रावतले थपे, “तर अहिलेका प्रेमी प्रेमीकाहरु भेट नहुँदा, एक दुई दिन पनि फोनमा म्यासेजमा कुरा नुहुँदा त सम्बन्ध टुट्ने गरेको पाइन्छ तर त्यो बेला वर्षौं सम्म हाल खबर समेत बुझ्न नपाउदा पनि माया हुन्थ्यो, सम्बन्ध त्यहीँ हुन्थ्यो, अहिलेको प्रेम गर्ने शैली र तत्कालीन समयको प्रेम गर्ने शैलिलाई र फरकपनलाई गीत मार्फत प्रष्ट गर्न खोजिएको हो”रावतका अनुसार भेट्नु, फोन गर्नु, सधै नजिक हुनु मात्रै प्रेम होइन, टाढा हुँदा पनि त माया हुन्छ, यदि कसैले कसैलाई चोखो प्रेम गरेका हुन्छन् भने त्यो प्रेम अमर हुन्छ भन्ने कुरालाई पनि चरित्र चित्रण गरिएको छ । यस अधि बढी प्राथमिकता देउडा गीतलाई मात्रै दिदै आएका रावतले यो फरक बिधाको गीतलाई धेरैले माया गर्ने अपेक्षा लिएको बताएका छन् ।
पछिल्लो समयमा नेपाली देउडा गीत मात्रै नभई अन्य बिधाका गीतहरू संग पनि जोडिएर काम गर्ने रावत नेपाली सांगीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्ति हुन् ।उनले करिब ३ दर्जन बढी देउडा गीतको लय शब्द गरिसकेका छन् । पछिल्लो समयमा उनी आफै पनि गीतमा आवाज दिदै आएका छन् । उनले आधुनिक, लोकदोहोरी, देउडा ठाडी भाका, पप आदि गीतहरुको रचना गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रका उच्च तहका व्यक्तिहरु संगसहकार्य गरेर काम गर्दै आएका रावत दर्शकहरुले रुचाउँने मध्यको एक हुन् । रावतले वर पिपल दालीको नामक देउडा गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । उनका करिब ३ दर्जन बढी गीतहरू बजारमा छन् । गीतमा आवाज समेत दिने रावत गीतको लय शब्द , निर्देशन, अभिनय पनि गर्दै आएका छन् ।
भिडियाे…











