युनिकोड    राशिफल    एफएम रेडियाे                        
311 पटक पढिएको

बाजुराः  बाजुराको खप्तड छेडेदह ३ टुनिसैनमा भुकम्पका कारण ५ घर भत्किएका छन् । आज दिउँसो गएको भुकम्पका कारण ५ घर भत्किएका हुन् । पाँच घर भत्किदा आँसिक रुपमा क्षती गरेको स्थानीय सुर्य बहादुर खड्काले जानकारी दिएका छन् ।

स्थानीय खड्का अनुसार स्थानीय बुद्ध खड्काको एक तले छानो, त्यसैगरी स्थानीय हर्क खड्का, पिरु खड्का, भिम खड्का, प्रकाश खड्काको घरहरु भत्किएको बताइएको छ । दिउँसोको समय भएकाले मानविय क्षती भने नभएको खड्काले बताएका छन् । अन्य दर्जन बढी घरहरु चर्किएर चिराचिरा भएको पनि उनले बताएका छन् । पाच घरहरु पुर्ण रुपमा नभत्किए पनि घरका केही भागहरु भत्किदा बस्न लायक नरहेको पनि खड्काको भनाई छ।

घर भत्किएका स्थानीयको घर भित्र भएका सामाग्रीहरु अन्यत्र सार्ने काम भइरहेको उनले बताएका छन् । यस्तै बाजुराका बिभिन्न पालिकाका बिभिन्न गाँउमा भुकम्पका कारण अधिकांश स्थानीयका घरहरु चर्किएको खबर आइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले धेरै ठाँउमा क्षती भएको खबर आएको भएपनि अहिले नै आधिकारिक जानकारी भने गराएकाके छैन ।

यता जिल्ला प्रशासन कार्यालयका अनुसार क्षेती भएका ठाँउहरुमा त्तकाल उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय श्रोतले बताएको छ । सबै ठाँउमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । प्रहरीको टोलीलाई भने खटाइसकेको प्रजिअ पौडेलको भनाई छ।बाजुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिएका छन ।त्यसै गरी ३ बजेर ६ मिनेटमा फेरी दोस्रो पटक सुदूरपश्चिम सहित भारतका केही भाग हल्लिने गरी भुकम्प आएको छ । दोस्रो पटकमा आएको भुकम्प ५।५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन गरिएको छ । भुकम्पको धक्काको महसुस तराइका जिल्लामा पनि गरिएको थियो ।उक्त भूकम्पको धक्का बाजुरासहित सुदूर पहाडमा धक्का महसुस गरिएको थियो । भुकम्पले गरेको क्षतिको विवरण भने आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!