बझाङ, १६ असोज । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ।जयपृथ्वी नगरपालिका ११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ। बझाङ लगाएत देशका बिभिन्न ठाँउहरुमा भुकम्पका पराकम्पनहरु गइरहेका छन । बाजुरामा पनि भुकम्पका कारण दर्जनौ घरबस्तीहरु जोखिममा परेका छन ।











