युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
88 पटक पढिएको

सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा बुधवार बिहानसम्म २७ जना घाइते भएका विवरण आएको हो।सुदूरपश्चिममा भूकम्पका कारण ७६ घरमा पूर्ण क्षति भएको छ। प्रदेशका पहाडी जिल्लाका तीन सय एक घरमा आंशिक क्षति भएको छ। ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ भने, एक कार्यालयमा पूर्ण क्षति भएको छ।

बझाङमा सबै भन्दा बढी क्षति भएको छ। बझाङमा मात्र एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन्। बझाङको जयपृथ्वी नगरपालिकाकी गुनमति धामीको पहिरोमा पुरिएर मृत्यु भएको हो। जिल्लाका ६४ घरमा पूर्ण क्षति पुगेको छ। २७७ घरमा आंशिक क्षति पुगेको छ।

प्रदेश सरकारले उपलब्ध गराएको तथ्याङ्क अनुसार बाजुरामा २ जना घाइते भएका छन। बाजुराका ९ घरमा पूर्ण क्षति भएको छ। जिल्लाका १३ वटा घरमा आंशिक क्षति भएको छ। एक   सरकारी कार्यालयमा आंशिक र पूर्ण क्षति भएको छ।

डोटीका ८ वटा सरकारी कार्यालयमा क्षति भएको छ। एक घरमा आंशिक क्षति भएको छ। अछाममा पाँच जना घाइते भएका छन्। जिल्लाको एक घरमा पूर्ण क्षति भएको छ। दुई घरमा आंशिक क्षति भएको छ भने पाँच वटा सरकारी कार्यालयहरूमा आंशिक क्षति भएको छ। डडेल्धुराको चार घरमा आंशिक क्षति भएको छ।

प्रदेश सरकारका अनुसार बैतडीका दुई जना घाइते भएका छन्। जिल्लामा दुई घरमा पूर्ण क्षति भएको छ भने, तीन घरमा आंशिक क्षति भएको छ। बैतडीमा तीन वटा सरकारी कार्यालयहरूमा भूकम्पले क्षति गरेको छ। यता, दार्चुलामा एक घरमा आंशिक क्षति भएको छ भने, दुई सरकारी कार्यालयमा आंशिक क्षति भएको छ। बझाङको चैनपुर क्षेत्रमा मङ्गलवार दिउँसो ६ दशमलव ३ म्याग्निटियुडको भूकम्प आएको थियो। भूकम्पपछि स्थानीयको खुल्ला आकाश मुनि बास भएको छ। क्षतिको थप एकिन विवरण आउन बाकी रहेकाे  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!