युनिकोड    राशिफल    एफएम रेडियाे                        
262 पटक पढिएको

बार्सिलोनाः महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका छन् । बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै उनले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण आफ्नो पहिचान जोगाइराख्नु पर्दछ ।’

पहिलो पुस्ताका नेपालीहरुमा नेपालप्रतिको आत्मियता असाध्यै धेरै रहेको बताउँदै महानायक हमालले दोस्रो पुस्ताका नेपालीलाई आफ्नो पहिचान सिकाउन भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ । धर्म, संस्कृति, रितिरिवाजलाई तपाईंहरूले नै दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ । त्यो जिम्मेवारी पहिलो पुस्ताले लिनुपर्दछ,’ हमालले थपे ।

अरू देशको तुलनामा नेपालबाट विदेशिने क्रम हालसालै बढेको उनले बताए । ‘ल सबै नेपाली दाजुभाइ विदेशिनु भो भन्ने कुराहरू गर्छौं, तर हामी विदेशिन थालेको धेरै भएको छैन,’ उनले भने, ‘अरू राष्ट्रको हेर्नु भो भने २–४ पुस्ता भइसकेको छ । तर विदेशमा हामी पहिलो पुस्ता भएका छौं । बच्चाहरु यहाँ हुर्किंदै छन् । त्यसैले अन्यको तुलनामा हाम्रो पछि नै हो ।’तर २०–२५ वर्षको छोटो समयमा पनि डायस्फोरामा नेपालीहरुले ठूलो सफलता हासिल गरेको हमालले प्रष्ट पारे । ‘विदेशमा तपाईं कोही गीत संगीत, कलामा अब्बल हुनुहुन्छ । कोही राजनीतिमा लाग्नु भएको छ । कोही रोजगारी गरेर आफूलाई राम्रोसँग स्थापित गर्नु भएको छ । यो उपलब्धि देख्दा एकदमै खुशी लाग्छ,’ हमालले थपे ।उनले युवाहरुलाई समय खेर नफाल्न र कामलाई सम्मान गर्दै मिहिनेत गर्न पनि अनुरोध गरेका छन् ।

जुनसुकै राष्ट्रमा बसे पनि त्यहाँको भाषा, संस्कृति र रहनसहनलाई नियाल्ने प्रयास गर्न समेत उनले अनुरोध गरेका छन् ।महानायक हमालले पोर्चुगल अघि फ्रान्स र बेल्जियमका नेपालीहरुमाझ पनि अन्तर्क्रिया गरेका थिए । हमाल विदेशमा रहेका नेपालीहरुको संघर्ष र सफलताको कथालाई समेटेर टेलिभिजन कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । सोही सिलसिलामा नै उनले युरोपको समेत भम्रण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!