बाजुरा —बुढिगंगा नगरपालिका ४ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बर्षातमा अबरुद्ध ग्रामिण सडक दशै नजिकिदा पनि सुचारु नभएको भन्दै वडाका युवाहरुले शुक्रबार वडा कार्यालयमा ताला लगाएका हुन ।वडामा रहेका अन्य सडक सुचारु गरेपनि बानेगाउँ देखि खप्तड छेडेदह जोड्न मेन सडक बर्षातमा अबरुद्ध भई आवतजावतमा समस्या भइरहेको उनिहरुले बताएका छन । त्यँहाको आसपास सडकमा नगरपालिकाले रोड सफाई गर्न लिएको डोजरसमेत फेर्ता लिएको भन्दै उनिहरुले वडा कार्यालयमा तालबन्दी गरेका छन ।वडाको साउँवाडासम्म सुचारु भएपनि खप्तड छेडेदहको सिमासम्म सफाई नभएकाले युवाहरुले वडा कार्यालयमा ताला लगाएको वडा अध्यक्ष मिन बहादुर शाहले बताएका छन ।
सो सडक सुचारुका लागि नगरपालिकालाई खबर गरेपनि अन्य ठाउँका सडक सुचारु गरिसकेपछि मात्रै त्याँहा लगाउने खबर दिएको उनले बताए । नगर उपप्रमुख माया कुवरले भने डोजरमा तेल सकिएकाले फिर्ता भएको र अबको कहि दिनपछि सोहि सडक सुचारु गर्न लगाउने बताउनुभएको छ ।











