युनिकोड    राशिफल    एफएम रेडियाे                        
273 पटक पढिएको

धनगढीः सुदूरपश्चिममा कुनै पनि समयमा शक्तिशाली भूकम्प जान सक्ने वरिष्ठ भूकम्पविद्हरुले बताएका छन्।पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिमा रहेको भन्दै सचेत रहन भूकम्पविदहरुले आग्रह समेत गरेका छन्। बझाङ केन्द्रबिन्दु भएर आज शनिबार दिउँसो ११ बजेर ४५ मिनेटमा ५ दशमलव ३ र १२ बजेर ३२ मिनेटमा ४ दशमलव ३ तीन म्याग्निच्युडको भूकम्प गएको छ।

आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युड भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन्। वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।

आजको भूकम्प मंगलबार गएको भूकम्पको परकम्प रहेको उनले बताए। ‘सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन। त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेको छ। दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो,’ वरिष्ठ भूकम्पविद् कोइरालाले भने, ‘मंगलबार मझौला खालको भूकम्प गएकामा त्यसका परकम्प अझै आइरहेका छन्। अझै केही दिन यस्ता परकम्प आउन सक्छन्।’

सुदूरपश्चिममा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ। स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको संकट टर्ने भूकम्पविद् बताउँछन्। भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो।

५ दशमलव ३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो।

असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्प गएको थियो। बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो। अर्का वरिष्ठ भुकम्पविद लोकविजय अधिकारीले पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि शक्तिशाली भूकम्प जाने संभावना उच्च रहेको बताउँछन्। वर्षौदेखि जमिनमुनि शक्ति संचय भएर बसेकाले पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा छ। ‘हामीले थाहा नपाउने पराकम्पहरु कयौँ पटक गइरहेका हुन्छन तर ठूलो भूकम्प जुनसुकै समयमा पनि जान सक्ने जोखिम कायमै छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!