बाजुरा– लामो समयको अन्तराल पछि गायक तथा पत्रकार राम बहादुर दानीले आफ्नै शब्द,संगित तथा स्वरमा रहेको मार्मिक देउडा गित निर्गुनी कली बजारमा ल्याएका छन । २०६९ सालमा पात झरिगै कुवा गीतबाट आफ्नो साँगितिक यात्रा तय गरेका गायक दानीले ३ दर्जन बढी देउडा तथा दोहोरी गीतहरुमा आवाज दिइ सकेका छन ।
बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ मा जन्मनु भएका गायक दानीले आफ्नै शब्द संगीत र गीतमा स्वर दिएको यस देउडा गीतमा चर्चित देउडा गायिका गौरी भट्टले समेत स्वरमा साथ दिनुभएकाे छ । डोटी जिल्लाको गीरीचौकामा जन्मिनु भएका दिपक थापाको माया प्रेमको कथालाई समेटेर तयार पारिएको यस देउडा गीतमा माया प्रेम र मिलन बिछोडका शब्दहरु कोरिएका छन । निज दिपक थापाको यथार्थ जिवन कथामा सहमति अनुसार यो गीत निर्माण गरिएको गीतका सर्जक गायक दानीले बताउनुभएको छ ।
बिशेषतः गीत संगीतमा प्राय माया प्रेम, मिलन बिछोड र सुख दुखका कुराहरु समेटेर कथा बनाइएको पाइन्छ । यस गीतमा पनि यस्तै कथा बनाइएको छ । साँगीतिक यात्राको क्रमममा ५२ वटा गीतहरुको शब्द संगीत र दुइ दर्जन बढी गीतमा आवाज दिइ सकेका गायक दानी एक कुशल पत्रकारका रुपमा पनि परिचित रहेका छन ।दानीले गृह जिल्ला बाजुरामा संञ्चालित रेडियाे पाैरखी ९०.४ मेगाहर्जमा स्टेशन मेनेजरकाे रूपमा समेत लामाे समय काम गरेका दानीमा १२ बर्ष लामो पत्रकारिताको पनि अनुभव रहेकाे छ। बिचमा केहि कारण गित संगितको यात्रा रोकिए तापनि फेरी सांगितिक यात्रालाई पनि अगाडी बढाएका छन । अबको क्रममा सधै गित संगितलाई माया गर्ने गित संगितमा कलम चलाई राख्ने पनि गायक दानीले बताएका छन ।
लोकतन्त्र विहानी मिडिया हाउसको प्रस्तुतीमा रहेको यस गीतमा चर्चित मोडेल झरना बोहरा, राजेन्द्र बि.क. अनिल कुमार र सरिता रावतको अभिनय रहेको छ भने गीतको छायाङ्कन अमित बि.क.ले गर्नु भएको छ । यस गीतको निर्देशन राजेन्द्र बि.क. र गायक दानीले गरेका छन ।करिव २२ मिनेट लामो यस देउडा गीतको कथाले वास्तविक माया प्रेम र मिलन बिछोडको चित्रण गरेको छ । बिजय थापामगरले म्यूजिक एरेञ्ज गरेको यस गीतको सम्पुर्ण अडियोको काम बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा गरिएको थियो । यस गीतलाई पनि बिगतका गीतहरु जस्तै दर्शकले मन पराउने गायक दानीको भनाई रहेको छ ।
बिषेश गरी शुदुरपश्चिमको संस्कृति जर्गेनामा लागेका गायक दानीले आफु जस्ता बिधाका गीतहरु गाँउन र शब्द संगीत गर्न सक्ने कुराको दावी गर्दै बिशेष गरी प्रणय भुमीको भाषा कला र संस्कृति जर्गेना गर्न बिषेश गरी देउडा गीतलाई नै प्राथमिकतका साथ माया गरेको उनको भनाई रहेको छ । गायक दानीकै आवाजमा दशै पछि अपतको लाट्या पाजी भिना लगायतका गितहरु पनि बजारमा आँउने गायक दानीले बताएका छन । गायक दानीका चर्चित गितहरु पात झरीगै कुवा,बाँठ्या पौँडो, मेली छैन घाँस,मेरो खेल्न्या थली,अछाम सरु खायो,लाली ओठमा कोठी,खाडी बग्या आँसु, डाेटी दिपायलकी सेती,लगाएतका थुप्रै गितहरु यस अघि नै बजारमा आइसकेका छन ।
भिडियाे यहाँ रहेकाे छ….