युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
339 पटक पढिएको

बाजुराः  बडीमालिका नगरपालिका वडा न. ८ मा अव्यवस्थित श्री मालिका नमुना माध्यामिक बिद्यालयले दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। एक औपचारिक कार्यक्रमका बिच शुक्रबार बिहान बिद्यालयको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । एक औपचारिक कार्यक्रम बिच बिद्यालयका प्राचार्य शुभराज पाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिद्यालया सूचना अधिकारी शेर बहादुर रावल, बिद्यालयमा अध्यापन गराउदै आएका विभिन्न बिषयगत शिक्षक, विभिन्न संकायमा अध्यनरत विद्यार्थी लगायत अन्यको उपस्तिथि रहेको थियो । कार्यक्रममा कक्षा ११ एक र १२ का एक जना विद्यार्थीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्यनरत विद्यार्थी टेक बहादुर बुढाले गरेका थिए। शिक्षक विद्यार्थी बिच शुभकामना आदान प्रदान संगै विभिन्न दशै विशेष गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले दशै विशेष रचना बाचन संगै गीतहरू समेत प्रस्तुत गरेका थिए ।

दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रममा भोटेसेलो समेत प्रस्तुत गरिएको थियो । नजिकिदै गरेको बडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । औपचारिक कार्यक्रममा बिद्यालयका प्राचार्य शुभराज पाध्यायले दशै विशेष शुभकामना दिदै सँस्कृती भन्दा बाहिर गएर दशै नबनाउन विद्यार्थीहरुलाई सुझाव दिएका छन् । एक महिना लामो बिदाको समयमा विद्यार्थी अनुशासन भन्दा बाहिर गएर कुनैपनी हानिकारक क्रियाकलापमा संलग्न नहुन पनि आग्रह गरेका छन् । बिद्यालय बन्द भएपनी पढाईलाई निरन्तरता दिन नछाड्न विद्यार्थीलाई आग्रह गर्दै प्राचार्य पाध्यायले पारिवारिक परिस्थितिलाई मध्यनजर गरेर दशै मनाउन पनि विद्यार्थीलाई अपिल गरेका छन् ।

 

सुदूरपश्चिम् कै नमुना बिद्यालयका रुपम्मा स्थापित, विद्यार्थीहरुको घुइँचो, व्यवस्थापनमा चुनौती

मालिका नमुना मा।वि सुदूरपश्चिम कै नमुना सामूदायिक विद्यालयको रुपमा अगाडि बढीरहेको छ । विद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्दै गएपछि हरेक वर्ष निजी निजि छाडेर यहाँ आउने विद्यार्थीको संख्या बढ्दै गएको छ । बिद्यालयका अनुसार शैक्षिक शत्रको २ महिनामा मात्रै निजि तथा सामाुदाियक छाडेर यो विद्यालयमा ३ सय बढी विद्यार्थीहरु अध्ययन गर्न आएका छन् । मालिकाले शिशु तहदेखि कक्षा १० सम्म दुवै माध्ययम अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन संचालन गर्दै आएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।

सुदूरपश्चिमको बैतडी, धनगढी, कन्चनपुर, दार्चुला, बझाङ, अछाम, डोटी, कर्णाली प्रदेशको मुगु र पुर्वको सिराह जिल्लाबाट समेत यस विद्यालयमा विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । बालविकास केन्द्र देखि १२ कक्षासम्म पठन पाठन हुने गरेको यस विद्यालयमा शिशु तह देखि १० कक्षासम्म अंग्रेजी र नेपाली माध्ययममा पढाई हुने गरेको छ । निजि बिद्यालय सरह पढाई हुन् थालेपछि यस विद्यालयमा भर्ना हुनेको संख्या बढ्दो छ ।६ देखि १० कक्षासम्म विद्यार्थीको घुइँचो बढी छ विद्यालयले पनि विद्यार्थीहरुको पठनपाठनलाई मध्येनजर गर्दै एउटै कक्षाका ४ वटासम्म सेक्सन बनाएर पठनपाठन गराईरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, विज्ञान, शिक्षा विषयका अलग अलग संकायमा पठनपाठन भईरहेका छन् ।विद्यालयले १८ महिने सव ओभरसियर र ३ वर्षे डिप्लोमा ओभरसियर शिक्षा समेत सहुलियत शुल्कमा उपलव्ध गराउँदै आएको छ । उच्च शिक्षा अध्ययन गर्न सुदूरपश्चिमका मात्र नभई कर्णाली प्रदेशको मुगु र मधेस प्रदेशको सिराहसम्मका विद्यार्थीहरू मालिकामा अध्ययन अध्यापन गरिरहेका छन् ।

१६ वटा सूचकका आधारमा नमुनाका रुपमा स्थापित यस विद्यालयमा हाल २ हजार ३ सय ५५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । यस विद्यालयमा विद्यार्थी संख्या, जनशक्ति, भौतिक पूर्वाधार, प्रयाप्त खेल मैदानको उपलब्धता र हरेक वर्ष शैक्षिक नतिजाका आधारमा सुदूरपश्चिममै अग्र स्थानमा आफुलाई स्थापित गरेको छ ।विद्यालयमा ६ देखि १० सम्मका सवै विद्यार्थीहरुका लागि आइसिटि जडान, पुस्तकालय, प्रयोगशाला, बालमैत्री र अपांगमैत्री पूर्वाधार लगायतको राम्रो ब्यवस्थापन छ । वर्सेनी थपिने विद्यार्थीहरुको चापकाका कारण पूर्वाधार थप्न बिद्यालयलाई आर्थिक व्यस्थापन चुनौतिपूणर् हुन थालेको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायको भनाई छ ।हिमाली जिल्लामा ४५ जना वद्यार्थी संख्याको आधारमा एक जना शिक्षक हुन पर्ने शिक्षा नियमावलीमा ब्यबस्था छ । तर यहां एक जना शिक्षकले एक कक्षामा सय बढि विद्यार्थीलाई धान्नु परेको बिद्यालयका शिक्षक धिर बहादुर दानीले बताएका छन् ।ति मध्ये मालिकाले जिल्लामा आयोजना हुने खेलकुदका प्रतियोगिताहरू लगायत अतिरिक्त क्रियाकलापहरूमा निरन्तर पहिलो स्थान ल्याउने गरेकाले विद्यालयको नाम देशभरी परिचित हुँदै आएको छ ।विद्यालयमा शिक्षक९कर्मचारी ६३ जना छन । यिनमा २३ जना स्थायी दरबन्दीका शिक्षक छन । २१ जनालाई पूणर्कालिन सेवामा विद्यालयले आफ्नै स्रोतमा ब्यवस्थापन गरिरहेका छ । अन्य अस्थायी, करार र राहत सेवाका शिक्षकहरू छन् । बाजुरामा ६२ सामुदायिक माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!