बाजुराः बडिमालिका नगरपालिका वडा नं ७ ले विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संगै वडाअध्यक्ष धर्मराज पाध्यायको आफ्नो ब्यक्तिगत पारिश्रमिक तथा वडाको चाडपर्व खर्चबाट वडाभित्र रहेका करिब ३५ परिवारका बिपन्न नागरिकलानई खाद्यान्न बितराण गरीएको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावलीको अवसर पार्दे शुभकामना आदान प्रदान कार्यक्रम संगै खाद्यान्न बितरण गरेको छ । दशैको बेला वडाभित्र रहेका कुनै पनि बिपन्न परिवारका नागरिकलानई कुनै पनि समस्या नहोस भन्नका लागी ब्यक्तिगत पारिश्रमिक वडाको चाडपर्व खर्च लगायत समाजसेवीहरुको पहलमा वडाभित्र रहेका करिब ३५ परिवारका नागरिकलाई खाद्यान्न बितराण् गरीएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ ।अध्यक्ष पाध्यायका अनुसार वडा भित्रका करिब ३५ विपन्न परिवार्का नागरिकलाई मासु किन्नलाई नगद पाँच सय हस्तान्तरण गर्नुका साथै खाद्यान्न चामल , तेल,चिनी,दाल, कपडा, लगायतका सामाग्री वितरण गरिएको उहाँले बताएका छन । । करिब ७५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको छ भने एक परिवारलाई पाँच सयका दरले रु १६,५०० नगद हस्तान्तरण गरिएको बताउनु भएको छ । ७५ हजारको खाद्यान्न सामाग्री र १६,५०० नगद वितरण गरेको गरेर कुल ९१ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरिएको वडा अध्यक्ष पाध्यायले जानकारी दिनुभएको छ ।
नजिकिदै गरेको विजयादशमी तथा तिहारको अवसरमा दशै मनाउनको लागी खाद्यान्न पाँउदा बिपन्न परिवारका नागरिक खुसी भएका छन । खाद्यान्न बितरण गरेकोमा बिपन्न परिवारका नागरिकले वडाअध्यक्ष लगायत समाजसेवीहरुलाई धन्यबाद समेत दिएका छन । दशै तथा शुभदिपावली २०८० को पावन अवसर विगत झै शुभकामना संगै विपन्न गरिवपरिवारका नागरिकलाई दशै मनाउन सहज होस,कुनै पनि बिपन्न नागरिकका परिवारलाई दशैमा सास्ती खेप्न् नपरोस,बिपन्न परिवारका घरहरुमा पनि राम्रो खाना,पाकोस भन्ने उदेश्यले उक्त खाद्यान्न बितरण गरेको बताएका छन । यो बर्ष मात्रै नभई हरेक बर्ष दशै तिहारको अवसरमा अध्यक्ष पािध्यायले ब्यक्तिगत लगानी मात्रै भए पनि बिपन्न परिवारका नागरिकलाइै खाद्यान्न बितराण् गर्दे आइरहेका हुन्छन । प्राय वडाधित्र अध्यक्ष पाध्यायको बिश्वास नमान्ने कमै भेटिन्छन उहाँको यस्तै उदाहरणिय कामल,े फेरी पनि यस्तै काम गरीरहने पनि उहाँले बताएका छन ।
सहयोग सामाग्री सामजसेवी दयाराम अग्रवाल, आफ्नो पारिश्रमिक तथा वडाको चाडपर्व खर्चबाट खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभएको छ ।यसमा सहयोग गर्ने सबैलाई अध्यक्ष पाध्यायले धन्यबाद समेत दिएका छन । खाद्यान्न सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख अमर खड्का, कार्यपालिका सदस्य वडा सदस्य, पुर्व जनप्रतिनिधि पार्टी प्रतिनिधि टोल प्रमुख स्वास्थ प्रमुख पत्रकार स्थानीय लगायतको सहभागीता रहेको थियो ।खाद्यान्न बितरण कार्यक्रमलाई निरन्तरता दिने पनि उहाँले बताएका छन । उक्त शुभकामना आदान प्रदान तथा खाद्यान्न सामागी हस्तान्तरण कार्यक्रमको अध्यक्षता ग्रहण अध्यक्ष पाध्यायले गर्नुभएको थियो भने कार्यक्रम वडाकार्यालय चुथीमा संञ्चालन गरीएको थियो ।











