युनिकोड    राशिफल    एफएम रेडियाे                        
631 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्लाको एकमात्र आलु उत्पादनको राम्रो क्षेत्र तथा जिल्लाकै आलुको राजधानि भनेर चिनिने जिल्लाको बडिमालिका नगरपालिका वडा। नम्बर ७ ढम्कनेका बासिहरुले आफ्नो गाउघरमा आलुको उत्पादन मात्र नभई अन्य तरकारि बालिहरुको राम्रो उत्पादन हुने गरेको बताएका छन ।सुहाउदो हावापानि भएका कारण आफ्नो गाउघरमा आलु लगायत काउलि,बन्दा,मुला,गाजर,टमाटर,भिण्डि,खुर्सानी ,फुलगोबि,लगायत रायो,चम्सुर,दलहन बालिहरु,सिमि,भटमास,मास,गहत,मटर सबै उत्पादन हुने त्यहाँका कृषक बासिहरुले बताएका छन । ढम्कने गाउँ जिल्ला सदरमुकाम मार्तडी बाट करिब साढे दुई घण्टाको पैदल यात्रा पछि पुगिने एक सुन्दर गाउँ हो उक्त गाउका स्थानियबासिहरुका घरमा तरकारि नलगाएको प्राय कमै मात्रामा देखिने गरिन्छ । सबैले कुनै न कुनै तरकारि पेशा अगालेर बसिरहेका हुन्छन कोहि दलहन बालितिर लागिपरेका हुन्छन भने कोहि आलुवालि,बन्दाबालि लगायत अन्य बालिहरुमा लागिपरेका हुन्छन । तरकारि उत्पादनबाटै आफ्नो गाउँ मात्रै नभई जिल्लालाई आत्मनिर्भर बनाउन त्यहाका बासिन्दाहरु लागि परेका हुन्छन बिहान सबेरै उठेर बेलुकि राति नहुदासम्म उनिहरु खेतिपातिको काममै ब्यस्त रहन्छन,तरकारि हरियो सागसब्जि खाउ स्वस्थ्य रहौ भन्ने उदेश्यलाई आत्मसात गरेर त्यहाका कृषक दाजुभाइ दिदिबहिनी काममा लागि परेका हुन्छन ।

ढम्कनेमा जिल्लाका अन्य ठाउभन्दा तरकारि मात्रै नभई अन्य खेतिपाति वालिहरु पनि राम्रो उत्पादन हुने गर्दछ आलुको झन राम्रो उत्पादन हुने भएका कारण त्यहा आलु पाठसाला समेत स्थापना गरिएको छ ।उक्त पाठशालाले स्थानिय बासिन्दालाई थप सहजता मिलेको छ त्यतिमात्र होयन आलुको राम्रो उत्पादनै भएका कारण वि.सं २०७६ सालमा आलुको उत्पादन प्रसोधन बजारिकरण हाम्रो अभियान ढम्कनेको स्थानिय अर्गानिक स्थानिय आलु बाजुराको पहिचान भन्ने मुल नाराका साथ देशकै चौथो तथा शुदुरपश्चिमकै पहिलो आलु महोत्सव सञ्चालन गरिएको थियो । उक्त महोत्सवमा आलुको विशाल पहाड,आलुका विभिन्न परिकार लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथ कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गरिएको थियो । उक्त महोत्सले ढम्कने बासिहरुका आलुहरु देशका ठुल्ठुला सहर काठमाडौं,नेपालगञ्ज ,धनगढि,पोखरा,बिराटनगर सम्म पुगेका थिय जसबाट ढम्कने बासिहरुले ठुलो उपलब्धि हासिल गरेका थिय सबै स्थानियहरुका आलु बिक्री समेत भएका थिय त्यहि महोत्सव देखि स्थानिय ढम्कने बासिहरु तरकारि खेतिमा आकर्सित हुँदै गएका हुन ।

कतिपयले महोत्सव पछि आलुको उत्पादनमा गिरावट आएको बताए पनि किशानहरुको लापरबाही,छाडा गोरु चौपाया,उचित वालिको संरक्षण मा ध्यान दिन नसक्दा आलु उत्पादनमा अलि गिरावट आउन पुगेको हो तर पनि किसान हरुले हरेस नखाई एकोहोरो लागि परेर अहिले पनि त्यहाका किशानहरु मनग्य आम्दानी तरकारि खेतिबाटै गरिरहेका छन । अन्यत्र कतै त्यस्तो नभेटिएको एकै सिजनमा आफ्नै गाउमा २२ लाख बराबरको बन्दा तरकारि उत्पादन सोहि गाउमा भएको छ ।त्यहाका किसानहरुले एकै सिजनमा द्दद्द लाख भन्दा बढिको बन्दा उत्पादन गरि बजारिकरण गरेको ढम्कने बहुउद्देश्यीय सहकारिले जनाएको छ । सहकारिका अनुसार एकै सिजनमा गाउमा २२ लाखको बन्दा उत्पादन गरि स्थानिय बजारहरुमा बजारिकरण गरिएको जनाएको छ ।उक्त उत्पादित बन्दाले राम्रो बजार नपाउँदा होलसेल प्रती के.जि २० का दरले बेचिएको पनि सहकारि ले जनाएको छ ।प्राङ्गागारिक मिसन कार्यक्रम अन्तर्गत उत्पादन गरिएका सो बन्दाहरु बजारिकरण गरि सो रकम जम्मा भएको बताईको छ ।गाउघरमा तरकारि उत्पादन तथा बजारिकरणमा समन्वयको भुमिका ढम्कने बहुउद्देश्यीय सहकारि लिमिटेडले गरिरहेको छ भने तरकारि उत्पादन गर्नमा सबै किसानहरु लागि परेका छन । त्यसैले त्यहाका स्थानिय बासिहरु ढम्कनेमा आलुमात्र नभई अन्य तरकारिहरुको पनि राम्रो उत्पादन हुने गरेको उनिहरु बताउँछन् ।हालसम्म अर्गानिक प्रबिधि बाट उत्पादन भयको बन्दा तरकारि ४ सय ७८ क्विण्टल बजारिकरण गरिएको सहकारिका ब्यबस्थापक राम बहादुर धामिले बताएका छन ।धामिका अनुसार गाउमा सबै भन्दा बढि डण् हजारको तरकारि बन्दा उत्पादन गरेर स्थानिय कृषक खडक बहादुर धामिले बेचिसकेको ब्यबस्थापक धामिले बताएका छन।

गाउघरतिर आलुमात्रै नभई अन्य तरकारि उत्पादन गरेर राम्रो सफलता प्राप्त भयको त्यहाका स्थानियले बताएका छन । यदि जति उत्पानद गरेको सबै तरकारि बजारिकरण हुने हो भने ढम्कने बासिहरुलाई कुनै समस्या नआउने स्थानिय बताउछन । गाउघरको उत्पादनले राम्रो बजार पाउने हो भने गाउका कुनै पनि नागरिकहरु बिदेशिनु नपर्ने उनिहरु बताउछन कतिपयले गाउमै रोजगारि पाउने पनि उनिहरु दाबि गर्छन । गाउँमा सबैभन्दा बढि राम्रो उत्पादन त आलु नै हुन्छ तर पनि आलुबाट भन्दा अन्य तरकारि खेतिबाट राम्रो आम्दानि हात पार्न सकिने हुदा सबै स्थानीय फरक फरक पेशामा लागि परेका स्थानिय प्रेम बहादुर धामि बताउछन् । ढम्कने जस्तो प्रचुर सम्भावना बोकेको ठाउलाई राज्यले नजर लगाउने हो भने देशमै कतिपय नागरिकहरुले रोजगारि का अवसरहरु पाउने थिए तर पनि यसमा सरकार बेवास्ता रहेका छन राम्रो उत्पादित क्षेत्र पनि पछाडि धकेलिनु परेको छ । ढम्कने गाउँ समुन्द्री सतहबाट करिब २५०० मिटरको उचाईमा रहेको सुन्दर गाउँ हो जहाँ तरकारि खेतिका लागि प्रचुर सम्भावना रहेको छ । यदि सरकारको ध्यान गई त्यहाको माटो परिक्षण गरि कुन समयमा कुन खेति लगाउदा उपयुक्त हुन्छ भन्ने कराको ज्ञान लिन सके उत्पादन झनै राम्रो हुने सम्भावना हुन्थ्यो ।प्रसिद्ध पर्यटकिय स्थल कालाजग्रा को फेदिमा अबस्थित ढम्कने गाउँ प्राकृतिक बनावटले पनि धेरै सुन्दर देखिन्छ । वारिपारि डाडाकाडा बिचमा झुम्प परेर उतानो परेर सुतिरहेको रमाइलो गाउँ त्यति नै मनमोहक पनि देखिने सो बस्तिमा करिब २०० भन्दा बढि परिवार बसोबास गरेर बसेका छन उनिहरु सबैको पेशा त्यहि आलु र तरकारि खेति नै हो ।

एकै सिजनमा त्यति ठुलो धनरासि हात पार्न सक्ने तरकारि उत्पादन गरिने सो ठाउमा अलि बतास बढि चल्ने हिउदको समयमा धेरै जाडो हुने,अत्याधिक हिमपात हुने हुदा सबै सिजनमा तरकारि उत्पादन गर्न भने त्यति सरल देखिदैन काम गर्न निकै असहज हुने ठाउमा तर काम गरेर सफलता प्राप्त गर्ने हो भने सो ठाउमा धेरै सम्भावनाहरु रहेका छन । त्यहाका स्थानीय बासिहरुको दैनिक पेशा ने तरकारि खेति हो रातदिन महेनत गरेर लागि परेका हुन्छन त्यहाका किसानहरु आफ्नो बारिमा तरकारि लाउ लगाएको तरकारि पहला एकचोटिआफु खाउ भन्ने उदेश्यले त्यहाका किसानहरु मेहिनेत गरेर सधै काममा लागि परेका हुन्छन ।ढम्कने गाउमा सबै स्थानियहरुले तरकारि बेचेर दैनिक समस्याहरु टारिरहेका पनि छन आफुले पनि ताजा ताजा बारिमै उत्पादन गरेको तरकारि खान्छन र स्वास्थ्य लाभ समेत लिने गरेका छन । गाउमा उत्पादित तरकारि सदरमुकाम मार्तडी लगायत पुर्बी उत्तरी भेगमा रहेका बुढिनन्दा,हिमालिमा समेत बेचिने गरेको छ ।सदरमुकाम मार्तडी सम्म स्थानिय आफै तरकारि पिठ्युँउमा बोकेर समेत पुग्ने गर्दछन बिहानै घरबाट हिडेर बजारमा तरकारि बेचेर घर फर्किने गर्छन । त्यहि बेचेको तरकारि बाट दैनिक उपभोग्य सामान दाल,चामल,नुन,तेल,साबुन लगायत अन्य सामाग्री किनेर घरतिर जाने गर्दछन यसै तरकारि खेतिबाटै ढम्कने बासिहरुले बढिजसो घरब्यबहार चलाईरहेका हुन्छन कतिपयले यसै तरकारि खेतिबाट ठुलो मनग्य आम्दानि समेत गरेका हुन्छन न्युनतम एक सिजनमा एक परिवारले पाँच देखि छ लाख सम्मको कमाई गरिरहेका हुन्छन उक्त तरकारि खेति ढम्कने बासिहरुको प्रेरणाको स्रोत समेत बनेको छ ।

जिल्लामा यति राम्रो तरकारि उत्पादन हुने पकेट क्षेत्र भएर पनि स्थानिय सरकारले भने अझै ध्यान दिन सकिरहेको छैन । जिल्लाबासिहरुले पनि स्थानिय तरकारि उपभोग गर्नुको साटो अन्यत्र बाहिर जिल्ला अर्थात बिदेशि तरकारिमा पर निर्भर बनेका हुन्छन । ढम्कने बासिको लागि यो चुनौतिको बिषय पनि हो स्थानिय सरकारले पनि खासै ध्यान नदिन उत्पादन गरेको कतिपय तरकारि गाईबस्तुहरुलाई खुवाउन समेत त्यहाका स्थानियहरु बाध्य हुन्छन बोकेर ल्याउन सम्भव नहुने गाउघरमा तरकारि ढुवानि गर्नको लागि सवारि साधन नजाने यसले गर्दा अलि तरकारि उत्पादनमा समस्या परेको त्यहाका स्थानियहरुले बताउने गरेका छन । यदि गाउमा जतिपनि उत्पादित तरकारि समयमै बजारमा पठाउन सकियो भने सोचेभन्दा बढि फाइदा लिने सकिने पनि कृषक हरु बताउन्छन् । यदि यसमा स्थानिय सरकारले उचित ध्यान दिएर उत्पादित तरकारि समयमै बजारमा पुगाउन सकियो भने जिल्लालाई तरकारि खेतिमा आत्मनिर्भर बनाउन सक्नुका साथै स्थानिहरुको आर्थिक आर्जन को ठुलो श्रोत बन्नुमा साथै कतिपयले रोजगारिका अवसर पाउने बिश्वास गरिन्छ । उक्त ढम्कने गाउलाई समेत नमुना तरकारि खेति उत्पादनको गाउँ भनेर घोषणा समेत गर्न सकिन्छ । गाउमा उत्पादित तरकारिहरु छिटोछरितो जिल्ला बाहिर जिल्ला भित्र बजारिकरणमा सहयोग गरिदिन पनि स्थानिय सरकारसंग स्थानिय बासिहरुले अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!