बाजुरा: चाैथाे पदम खत्री स्मृतिमा हुने खुला भलिवल प्रतियोगिता तथा बडिमालिका साँस्कृतिक महोत्सव कार्तिक ३० गतेदेखी मंसिर ३ गते सम्म हुने भएको छ ।बाजुराको त्रिबेणी नगरपालिका वडा नं.९ पैमामा हुने कार्यक्रम पदम खत्री स्मृति प्रतिष्ठानले हरेक दुई बर्षमा खुला भलिवल प्रतियोगिता तथा बडिमालिका साँस्कृतिक कार्यक्रम गर्दै आएको थियो । यस अघी प्रतिष्ठानले तिन पटक उक्त कार्यक्रम गरिसकेको छ ।
अब चौथो पदम खत्री स्मृति खुला भलिवल प्रतियोगिता तथा बडिमिलाका महोत्सव कार्तिक ३० गतेदेखी मंसिर ३ गते सम्म गर्ने आयोजक समितिका संयोजक गणेश पाध्यायले जानकारी दिए ।हरेक दुई बर्षमा आयोजना हुने भलिवल प्रतियोगिताको समापनका दिन बृहत बडीमालिका साँस्कृतिक महोत्सव तथा लाईभ डेउडा समेत हुने भएको छ । महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । साथै सांस्कृतिक कार्यक्रममा स्थानीय झाँकी, हुड्केउली, भुवा, अनन्ते तथा स्थानीय कालकारको समेत प्रस्तुती रहने अयोजकले जानकारी दिएको छ ।भलिवल प्रतियोगिताका प्रथम हुने टिमलाई ७१ हजार एक सय ११ मेडल र ट्रफि, दोस्रो हुने टिमलाई ३५ हजार एक सय ११ पुरस्कार राशी रहेको पदम खत्री स्मृति प्रतिष्ठानका उपाध्यक्ष डम्बर बहादुर खत्रीले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार सहित मेडल र ट्रफि समेत दिईने भएको छ । १६ टिमको सहभागिता रहने प्रतियोगितमा टिम प्रबेश शुल्क पाँच हजार एक रहेको आयोजकले जनाएको छ । सहभागि हुने भलिवल टिमले कार्तिक २८ गते साँझ ४ बजे सम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने नियम आयोजकको रहेको छ । सोही दिन साँझ ५ बजे प्रतियोगिताको टाईसीट प्रकाशन गर्ने बताईएको छ ।











