मिन बहादुर खड्का ,बाजुरा: बुढीनन्दा नगरपालिका १ कोल्टीकी लालसरा जोशी छोराको नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको कार्यालयमा बिहान ११ बजे पुग्नुभयो । बिहान ११ बजे पुग्नुभएकी उहाँले नागरिकताका लागि सबै कागजात लिएरै आउनु भएको थियो । सबै प्रक्रिया पूरा उहाँ कम्प्युटर फाटमा जानुभयो । उहाँले भन्नुभयो । कम्प्युटर फाटमा केही सेवाग्राहीहरुका लागि झ्यालबाट मात्रै आउन भने, तर केही मान्छे भने भित्र गएर आफ्ना मान्छेका अगाडि राख्ने तर हाम्रा पछाडि राखिएदिए । “मेरा छोराको अगाडि थियो तर केही मान्छेहरु अगाडि गएर आफ्नो पहिला बनाए,घर साना बाबुहरु छन्, खाना पकाएर खुवाउने कोही छैनन् उहाँले आफ्नो दुखेसो सुनाउनु भयो” आफुभन्दा पछाडी आएकाहरुले आफ्नो भन्दा अगाडि बनाएर फर्किसकेको उहाँले बताउनुभयो । पछी पुगेर अगाडी फर्किएकाहरुले हाम्रो त मेयरले फोन गर्दिए छिटो भयो, हामी गयौं भनेर गएको उहाँले बताउनुभयो । मेयरले भनेको भरमा छिटो बनाउने तर सर्वसाधारणको अगाडि आएकाको पनि पछाडी बनाएको प्रती उहाँको आपत्ति छ । कम्प्युटर फाँटका कर्मचारीले अगाडि पछाडी किन गर्नुभएको हो भन्दा उल्टै म गर्दैन तपाइँको लिएर जानुस भनेर हप्काएको उहाँको आरोप छ ।
बुढीगंगा नगरपालिका १० बदेडाका प्रेम दमाई पनि छोराको नागरिकताका लागि बिहान ११ बजे नै पुग्नुभयो । उहाँको दुखेसो पनि फरक थिएन । “सन्चो थिएन, नआई नहुने भएकाले सकि नसकी आए, कार्तिकको महिना मार्तडी चिसो धेरै हुन्छ, फर्किहालौला भनेरा आएका हौँ, ढिलो भैहाल्यो, बिहानै आएका हामी अहिलेसम्म पर्खेकै छौँ, हामी भन्दा १ घण्टा पछी आएकाहरु भने काम सकेर फर्किसके, यहाँ पनि कसैलाई आखा कसैलाई पाखा गर्दा रहेछन् दमाईले सुनाउनुभयो” टाढा जानुपर्ने आज जसरी पनि फर्किहाल्नुपर्ने,अब यतै बस्नुपर्ने भयो । हामी नजान्नेलाई त पछाडि गर्दा रहेछन् ।
बडीमालिका नगरपालिका ७ का हर्क प्रशाद जोशी आत्तिएको अवस्थामा भेटिनुभयो । जिल्ला प्रशासनमा पनि एउटै कामका लागि आएका सेवाग्राही बिच बिभेद गरेको भन्दै आक्रोस पोख्दै हुनुहुन्थ्यो । “कसैलाई फोन मात्रै गरेपछि अगाडी बनाइदिने कसैका अहिलेसम्म नबनाउने रु सेवाग्राही सबै एउटै होइनन् र रु हामी पनि बिहान देखि पर्खेका छौँ, हाम्रा पनि काम छ, म त नजिकैको छौँ केही छैन, कोही कोल्टीबाट आएका छन्, कोही काँडाबाट आएका छन् ,कति दुख छ”। कर्मचारीले बिभेद गर्न मिल्छ । रहरले कोही आएका छैनन् सबै कामका लागि आएका हुन् । कसैलाई झ्यालबाट सेवा कसैलाई ढोकाबाट यो कस्तो सेवा दिन खोजेको हो । नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुगेर दिनभर पर्खिदा पर्खिदा खप्तड छेडेदह ३ टुनिसैनका पिरु खड्का पनि हैरान हुनुभएको छ । कार्यालयमा दुई किसिमको सेवा प्रवाह भैरहेको देख्दा अचम्म लागेको उहाँले सुनाउनुभयो “पालो कुर्दा कुर्दा ढीलो भयो भने त के नै गर्नुछ, सबै कामकै लागि आउनुभएको छ तर कसैको छिटो कसैको ढिलो गर्नु त भएन नी रु उहाँले थप्नुभयो” कर्मचारीका लागि सबै एउटै होइनन् र रु किन यसरी अगाडी पछाडि गरिन्छ, हामी भन्दा पछि आएका घर फर्किसकेका छन् ।
उहाँ जस्तै खप्तड छेडेदह २ गान्ज्राका नरेश बुढा लगायतका दुई दर्जन बढी सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय अगाडी कोही धोकामा कुरिरहेका थिए। कोही चौरमा बसिरहेका थिए । एकआपसमा जिल्ला प्रशासन कार्यालय भित्र कर्मचारी बिच भएको बिभेदका बिषयमा एक आपसमा कुराकानी गरिरेका थिए ।कसैका अगाडि कसैका पछाडि बनाउने समस्या मात्रै छैन । कर्मचारी पनि कतिबेला आउन्छन् , कतिबेला आउँदैनन्, एकपटक बाहिर गएपछि करिब आधा घण्टा पछी फर्किन्छन्, कर्मचारीले लापरबाही गरिरहेका छन्ल नियम छैन की क्या हो” रु खप्तड छेडेदह २ का नरेश बुढाले भन्नुभयो,एउटै कामका लागि आएका सेवाग्राही बिच विभेद गरेको सेवाग्राहीको दुखेसो छ । कार्यालय समयमा नियमित कर्मचारी बस्ने नगरेको पनि सेवाग्राहीले बताएका छन् । नेताहरुले फोन गरेका आधारमा पहुँचका आधारमा सेवा दिइरहेको आरोप सेवाग्राहीको छ।
सेवाग्राहीहरुले कर्मचारीको बाटो कुर्नुपर्ने बाध्यता छ । “कतिबेला आउँन्छन भनेर कुर्नुपर्छ, एक पटक त खाजा खान जान्छन् होला, अरु बेला कहाँ जान्छन् , कार्यालयका कर्मचारी बस्ने कक्षका कुर्सी खाली हुन्छन् , मलाई त धेरै लापरबाही गरिरहेको महसुस भयो” नागरिकता बनाउनकै लागि पुग्नुभएका तेज खडकाले भन्नुभयो,कार्यालय समयमै कर्मचारी हुदैनन । “सेवाग्राहीहर आफै ढोकाबाट भित्र प्रवेश गर्नुहुन्छ, अगाडिको पछाडि पछाडीको अगाडि गर्दिनुहुन्छ, आफु यता काममै व्यस्त हुन्छ, मैले नियत बस यो गर्ने कुरै हुँदैन, हामीले झ्यालबाट आउनुस भन्दा पनि मान्नुहुन्न, हामीले लडाइँ लड्ने कुरा पनि भएन, धेरै आउनुहुन्छ, व्यवस्थापन गर्नै गाह्रो छ” जिल्ला प्रशासन कार्यालयमै कार्यरत कर्मचारीहरुका अनुसार सेवाग्राहीको चाप अत्याधिक हुने भएकाले व्यवस्थापन गर्नै गाह्रो भैरहेको बताइएको छ । टाढा बाट पुगेकाहरु छिटो काम सम्पन्न गरेर जान चाहाने हुँदा पनि समस्या हुने गरेको कार्यालय श्रोतले बताएको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले सेवाग्राहीले भनेको कुरा सबै सत्य नभएको जिकिर गर्नुभएको छ । यतिमात्र होइन यदि यसो भएमा आफु कहाँ आएर भन्न पनि भन्नुभएको छ । प्रजिअ पौडेलले भने अनुसार सेवा लिनका लागि टाढाबाट आएका सेवाग्राहीले उहाँलाई गुनासो सुनाउन जानुपर्ने कस्तो बिड्म्बना हो प्रजिअ पौडेलको अभिव्यक्ति माथि प्रश्न चिन्ह खडा हुन्छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने आफ्नो कर्तव्य पूरा गर्छु भन्नुको सट्टा उहाँले सुरुमै आफु कहाँ भेट्न आग्रह गर्नुभयो । सेवाग्राहीको चाप बढी भएकाले समस्या भएको हुन सक्ने बताउनुहुँदै उहाँले सेवाग्राहीलाई विभेद भने नगरेको दाबि गर्नु भयो ।











