काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन्।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको जाजरकोट र रुकुममा उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका हुन्। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री दाहाले उक्त घटनाप्रति दु स्ख व्यक्त गरेका छन्। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११बजेर ४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले गहिरो दुख व्यक्त गर्दै घाइतेहरूको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छु, प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ।











