काठमाडौं। जाजरकोट केन्द्रविन्दु भएर आज फेरी भुकम्प गएको छ ।भूकम्पको धक्का महशुस भएलगत्तै मानिसहरूको भागदौड मच्चिएको छ।जाजरकोट केन्द्रविन्दु भएर ५।६ रेक्टर स्केलको भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको थप विवरण आउन बाँकी छ ।गत शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।











