युनिकोड    राशिफल    एफएम रेडियाे                        
342 पटक पढिएको

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि रजिस्ट्रेशन फाराम खुला गरेको छ।शैक्षिक सत्र २०८० मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा तथा गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि फाराम रजिस्ट्रेशन फाराम भर्न आह्वान गरिएको हो।

बोर्डका अनुसार विद्यार्थीहरुले यही कात्तिक २४ गते (शुक्रबार) देखि मंसिर मसान्त भित्र फाराम भरिसक्नुपर्नेछ। मंसिर मसान्तभित्र फाराम भर्दा राजस्व बापत ३०० रुपैयाँ शुल्क तिर्नुपर्ने परीक्षा बोर्डले जनाएको छ। विलम्ब शुल्क समेत ६०० रुपैयाँ तिरेर पुस १ गतेदेखि १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ।

विद्यार्थीहरुले आफू अध्ययनरत विद्यालयमा नै रजिस्ट्रेशन फाराम भर्न तथा बुझाउन सक्नेछन्।रजिस्ट्रेशन फाराम भर्नका लागि विद्यार्थीहरुले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्ने बोर्डले जनाएको छ। साथै अक्षराङ्कन पद्धति ९२०७२–२०७७०का हकमा अनिवार्य विषयहरुमा न्यूनतम ‘डी प्लस’ ग्रेड तथा २०७८ र २०७९ सालमा न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको ग्रेडसिट पेस गर्नुपर्ने बोर्डले जनाएको छ।

विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुको नामथर, जन्ममिति, आमा–बाबुको नाम ठिकसँग भरे नभरेको रुजु गरी, पछिसम्म फरक नपर्ने गरी प्रमाणित गरी २०८० पुस १६ भित्र राजस्व शुल्कको विवरणसहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।बोर्डका अनुसार खुला तथा वैकल्पिक विद्यालय र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरुले २०८१ सालको परीक्षा आवेदन फाराम भर्ने समयमा रजिस्ट्रेशन फाराम समेत सँगै भर्नु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!