युनिकोड    राशिफल    एफएम रेडियाे                        
358 पटक पढिएको

धनगढीः सुदूरपश्चिम प्रदेशका ६ जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पूर्वशिक्षा मन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद् विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले बताएका छन्।

सुदूरपश्चिमको अछाम, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र डोटी भूकम्पको उच्च जोखिममा रहेको उनले बताएका हुन्। उनले हालै मात्र कैलालीको धनगढीमा सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको भूकम्प प्रकोप नक्साअनुसार प्रदेशमा जमिनको उच्च प्रवेग गुरुत्वाकर्षण शून्य दशमलव २६ जीदेखि शून्य दशमलव ३८ जीसम्म रहेको छ।

उच्च भूकम्पीय प्रकोप प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्रमा रहेको समेत उनले बताए। यदि ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए सबैभन्दा बढी मानवीय एवं भौतिक क्षति कैलाली र त्यसपछि कञ्चनपुरमा हुने अनुमान समेत गरिएको छ। विपद् जोखिम न्युनीकरण अन्तर्गत निवारणका लागि भूकम्प प्रतिरोधी भवन निर्माण, चेक ड्याम निर्माण र भूू–उपयोग नीतिको पालना गर्नुपर्ने विपद् विज्ञ तुलाधरले बताए।

त्यस्तै, वायु ईन्जिनियरिङ वृक्षारोपण र भवन प्रवलीकरण तथा अनुकूलनका लागि आकाशे पानी संकलन र खडेरी सहन सक्ने बिउ उपयोगमा ल्याउनुपर्ने उनको सुझाव छ। साथै, पूर्व तयारीका लागि खाद्यान्न लत्ताकपडाको भण्डारण र पूर्व चेतावनी प्रणाली जडान गर्न तुलाधरको सुझाव छ।प्रतिकार्य योजना अन्तर्गत खोज तथा उद्धार र तयारी खाना र पानी वितरणमा जोड दिनुपर्नेमा उनको सुझाव छ। त्यस्तै, विपद् व्यवस्थापन अन्तर्गत पुर्नलाभका लागि बिग्रेका भत्किएका संरचनाको पुनःनिर्माण र जीविकोपार्जन, शिक्षा तथा खानेपानीको पुनःस्थापना गर्नुपर्ने तुलाधरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!