युनिकोड    राशिफल    एफएम रेडियाे                        
311 पटक पढिएको

धनगढीः सुदूरपश्चिममा २०३७ सालमा विनासकारी भूकम्पले ठूलो धनजनको क्षति गरेको अभिलेख छ।२०३७ साल साउन १४ गते राति ८ बजेर ३० मिनेटमा बझाङलाई केन्द्र विन्दु बनाएर ६ दशमलव ५ म्याग्निट्यूडको भूकम्प जाँदा कैलाली र कञ्चनपुरबाहेक ७ वटै पहाडी जिल्लामा ठूलो धनजनको क्षति भएको थियो। सबैभन्दा बढी क्षति बैतडी र त्यसपछि बझाङमा पुगेको थियो। भूकम्पमा परेर ४६ जनाको मृत्यु भएको थियो भने १२ हजार ८ सय १७ घरहरु पूर्ण रुपमा भत्किएका थिए।

भूकम्पबाट दार्चुलामा, ३६ बैतडीमा ४१, बझाङमा ३५, बाजुरामा १९, अछाममा ४६ र डोटीमा ३० गरी एक सय ९७ तत्कालिन पञ्चायतहरुको जनसंख्या प्रभावित बन्न पुगेको थियो। भूकम्पबाट सबैभन्दा बढी बझाङमा ६ हजार १३७ र त्यसपछि दार्चुलामा चार हजार १३५ घरहरु पूर्ण रुपमा भत्केको अभिलेख छ। बैतडीमा एक हजार दुई सय ५७, बाजुरामा चार सय १९, अछाममा ७ सय ८१ तथा डोटीमा ८२ घर भूकम्पले भत्काएको थियो।सो विनासकारी भूकम्पबाट १३ हजार दुई ९८ घरहरु चर्केका थिए। सबैभन्दा बढी बझाङमा ६ हजार तीन सय ८० र त्यसपछि दार्चुलामा दुई हजार ७ सय ४३ घरहरु चर्केका थिए। बैतडीमा एक हजार ९ सय ४९, डडेल्धुरामा एक सय २०, बाजुरामा ६ सय ५४, अछाममा एक हजार दुई सय २७ र डोटीमा दुई सय २५ घर चर्केका थिए। बझाङ, बाजुरा, अछाम र डोटीमा गरी ६ हजार तीन सय ७७ घर सामान्य रुपमा चर्केका थिए।

विनासकारी भूकम्पबाट सबैभन्दा बढी दार्चुलामा २४ तथा बैतडीमा २२ गरी ४६ जनाको मृत्यु भएको थियो भने बैतडीमा दुई सय ३६ जना घाइते भएका थिए। त्यस समयमा जनसंख्या र घरधुरीको हिसाबले यो निकै ठूलो क्षति हो। हाल सदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख बढी छ। लामो समयदेखि पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले सुदूरपश्चिमका ६ जिल्ला भूकम्पको उच्च जोखिमा रहेको भन्दै विज्ञहरुले समयमै सावधान अपनाउन आग्रह गर्दै आएका छन्।सुदूरपश्चिम प्रदेशका ६ जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पूर्वशिक्षा मन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद् विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले बताएका छन्। यदि ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए सबैभन्दा बढी मानवीय एवं भौतिक क्षति कैलाली र त्यसपछि कञ्चनपुरमा हुने देखिएको उनले बताए।

दिनेशखबरबाट….

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!