बाजुरा। सद्धभावका लागि महिला फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । एक औपचारिक कार्यक्रमका बिच आज केपी बा स्पार्टस क्लबको आयोजनामा आयोजित फुटवल प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन गर्नु भएको छ । प्रतियोगिता भोलिसम्म चल्नेछ । प्रतियोगितामा चार टिम सहभागिी रहेका छन् । केपी बा ए, कपी बा बी, के्रटर जोन एकेडेमी, बडीमालिका ८ गरी चार टिमहरु सहभागी रहेको आयोजकले बताएको छ। ४ टिम सहभागि खेलको उद्घाटन खेल आयोजक केपी बा ए र बी बीच खेलाइएको छ । उद्घाटन खेल पहिला सि डिभिजन लिग खेलेको रानीवन र केपी बा पुरुष टिम बीच मैलीपूर्ण खेल आयोजना गरिएको थियो । एक औपचारिक कार्यक्रमका बिच केपी बा स्पोट्स क्लबका अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सुरु भएको महिला फुटवल प्रतियोगिता उद्धघाटन कार्यक्रमको प्रमुख अथिती, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिती बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहनु भएको थियो ।
कार्यक्रममा अथिति नेकपा एमाले प्रचार प्रसार बिभाग प्रमुख काँसि विक, बडीमालका नगरपालिकाका नगर प्रबक्ता धर्मराज पाध्याय, वडा न. ८ का वडा अध्यक्ष चन्द्र थापा, रहनु भएको थियो । कार्यक्रममा अन्य खेल प्रेमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । महिलाहरुको पनि खेल क्षेत्रको विकासका लागि र उनिहरुलाई खेल क्षेत्रतर्फ अभिप्रेरित गर्न महिला फुटवल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष लक्ष्मण रोकायाले बताउनु भएको छ। जिल्लामा धेरै खेलकुद प्रतियोगिता आयोजना भएको र्भएपनि महिलाहरुलाई सहभागि प्राया कुनै प्रतियोगितामा नगराएको बताउदै अध्यक्ष रोकायोले केपी बा स्पोर्टस क्लबले यसलाई प्रथामिकतामा रहेको बताउनुभयो । पुरुष तर्फका खेलहरु मात्रै आयोजना गरिने र महिलाहरुले स्थान नपाउने अवस्थालाई मध्येनजर गरेर महिला फुटबल प्रतियोगिता आयोजना गरेको केपी बा स्पोर्टस् क्लबका संरक्षक कृष्ण ओलीले बताएका छन् ।