
जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमामा मिति १९८१मा जन्मिनु भई २०५५ मा मृत्यु हुनभएका पदम खत्रीको सम्झनामा हरेक बर्ष तिहार र छठ पर्वको अवसर पारी चौथो पटक पदम खत्री स्मृती मनाउन लागेको प्रतिष्ठानका अध्यक्ष अमर बहादुर खत्रीले बताएका छन । यसै अवसरमा खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । प्रतिष्ठानका तर्फबाट खेल तथा साँस्कृतिक कार्यक्रम हरेक वर्ष आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छनयस ठाउँमा पुखौँ स्थापना गरिएको प्रतिष्ठानले सामाजिक रुपान्तरण र सभ्यताको संरक्षणका लागि योगदान पुर्याउने लक्ष्य सहीत कार्यक्रम आयोजना गरिदै आएको प्रतिष्ठानका संयोजक रतन खत्रीको दाबी छ । कार्यक्रक आज (कात्र्तिक ३०) गते उद्घाटन भई मंसिर ३ गते सम्म खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।
मंसिर ३ गतेका दिन राष्टिय तथा अन्तराष्टिय कलाकारहरुको बेजोड प्रस्तुती गरिने आयोजकले बताएको छन । आज (कात्र्तिक ३०) उद्घाटन कार्यक्रम,गरी उद्घाटन पश्चात राजनितीक दल र जनप्रतिनीधी बिच मैत्रीपुर्ण खेल खेलाइएको थियो भने यस पछि खेलको नियमअनुसार आठ वटा टिमलाई चरण बद्धरुपमा खेलाइने खेल संयोजक तथा रेफ्री कर्ण बहादुर थापाले बताएका छन ।यस प्रतिष्ठानले आयोजना गरेको खेलमा ५,१११। टिम दर्ता राखिएको प्रतियोगिताको विजेताले ७१,१११ र द्धितीय हुनेले ३५,१११ सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । एक जना उत्कृष्ट खेलाडीलाई ५,१११ रुपैयाले सम्मान गरिने छ । स्थानीय देखि राष्ट्रिय कलाकारको सहभागिता रहने कार्यक्रममा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका का हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत सहभागि हुनेछन ।

सोही अवसरमा शङ्कर मल्ल ९ठकुरी० र टीका शाउद ९ सानी० बीच लाइभ देउडा पनि आयोजना गरिने छ । साथै आज (कात्र्तिक ३०) गते उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथी त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापा, विशिष्ट अतिथि त्रिवेणी नगरपालिका वडा नं.१ देखी ९ सम्मका वडा अध्यक्ष रहेका थिए भने अतिथिहरु विभिन्न राजनितिक दल तथा अन्य पत्रकार शिक्षा प्रमी , समाजसेवीहरु रहेका थिए । भने कार्यक्रमको स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष डम्मर बहादुर खत्रीले गर्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव दयाराम थापाले गरेको थिए ।












